काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालले २० औँ स्थापना दिवसका अवसरमा बुधवार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा परिषद्का अध्यक्षसमेत रहनुभएका ओलीले नेपाल अब विकास र सुशासनको बाटामा अघि बढेको बताउनुभयो । हिंसाको बाटामा हिँडेकालाई शान्तिको मूलाधारमा ल्याउन आफ्नो सरकार सफल भएको जनाउँदै उहाँले पृथकतावादी सोचलाई समेत टुङ्ग्याएको बताउनुभयो । ‘हामी राष्ट्रिय एकताको भावका साथ अघि बढेका छौँ’, प्रधानमन्त्री ओलीले ...