ट्वान्टी-२० विश्वकप एसिया छनोट : बहराइन विजयी

आइसिसी ट्वान्टी २० विश्वकप एसियाको फाइनल छनोट अन्तर्गत आज भएको खेलमा बहराइनले हङकङलाई २० रनले पराजित गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा जीतका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको हङकङ १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै एक सय २६ रनमा समेटियो । हङकङका अंशुमन रथले सर्वाधिक २८ रन बनाए । जिशान अलिले …

सम्बन्धित सामग्री

आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोट : नेपालले मलेसियालाई ६ विकेटले हरायो

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो ।  कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको मलेसियाले प्रस्तुत गरेको एक सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जितका लागि कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले । खेलको प्लेअर अफ दि म्याचसमेत रहेका उनले ३४ बलमा सात छक्का र दुई चौकासहित ६५ रन बनाए । साथै ओपनर कुशल भुर्तेलले चार छक्का र चार चौकाको सहयोगमा ४३ रन र आशिफ सेखले दुई छक्का र एक चौकाको सहयोगमा ३२ रन बनाए । त्यसैगरी सन्दीप जोराले १८ र कप्तान रोहित पौडेल र विवेक यादवले दुई/दुई रन बनाए ।  मलेसियाका लागि मोहम्मद अमिरले तीन र पवनदीप सिंहले एक विकेट लिए ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६५ रन बनायो । मलेसियाले राम्रो शुरुआत गरे पनि मध्यक्रमका ब्याटर चल्न सकेनन् । उसका लागि ओपनर एवम् विकेटकिपर सैयद अजिजले सर्वाधिक ६८ रन बनाए । उनले ४९ बलमा दुई छक्का र आठ चौका प्रहार गरे । साथै जुवैदी जुल्किल्फले २४, शाविन मेनाइडी र विजय उन्नीले समान १३ रन बनाए ।  नेपालका लागि अविनाश बोहोराले चार विकेट लिए भने सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले एक÷एक विकेट लिए । नेपाल प्रतियोगिताको समूह ‘ए’मा छ । नेपालको समूहमा सिंगापुर, मलेसिया, ओमान छन् भने समूह ‘बी’मा संयुक्त अरब इमिरेट्स (यूएई), हङकङ, बहराइन र कुबेत छन् । नेपालले तेस्रो खेल यही कात्तिक १६ गते ओमानसँग खेल्नेछ । रासस

महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट : नेपाललाई अवसर

आईसीसी महिला ट्वान्टी–२० विश्वकपका लागि एसियाली छनोटको तयारी र सम्भावनाबारे राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्रीले एउटा सटीक विश्लेषण गरिन्, मेरो टोलीले जुन किसिमबाट त्याग र कडा मिहिनेत गरिरहेको छ, त्यसले कप्तानका रूपमा मलाई गर्व लागेको छ ।’