काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन पारित गरेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले समिति संयोजक रमेश लेखकद्वारा बैठकमा प्रस्तुत प्रतिवेदन पारित गरेको हो । उक्त प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी रहेका कार्य सम्पन्न गर्ने तीन नेतालाई जिम्मा दिएको छ । बैठकले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल र रमेश लेखकले भदौ ३ गतेको म्यान्डेट दिएको हो । भदौ २ गतेभित्र सहमतिमा टुङ्गो लगाई दौ ३ गते सभाप