निरन्तरको पहिरोले सूर्यगढी गाउँपालिका–२ बागेश्वरी कटुञ्जेका ४२ घरपरिवार उच्च जोखिममा परेका छन् । बस्तीको तल र माथि दुवैतर्फबाट निरन्तर पहिरो बगिरहेकाले सुरक्षित स्थानमा बासस्थान मिलाउन आग्रह गरेका छन् । भूकम्पका कारण आवास क्षति बेहोरेर लाभग्राही सूचीमा सूचीकृतसमेत भएका उनीहरुले प्राविधिकले ‘बस्ती असुरक्षित’ भनेपछि नयाँ आवास निर्माण गर्न बञ्चित भएका छन् । पहिरोको जोखिमका कारण नयाँ…