काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेर नेपाललाई काेराेनाविरुद्धकाे खोप सहयोग गर्न अनुरोध गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले बाइडेनलाई पठाउनुभएको पत्र अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले अमेरिकी विदेश मन्त्रालयमा पुगेर वरिष्ठ सल्लाहकार इर्भिन मसिन्गालाई हस्तान्तरण गर्नुभएको अमेरिकामा रहेको नेपाली दूतावासले जनाएको छ ।
भेटमा राजदूत खतिवडाले अमेरिकी सहयोगमा विश्वका विभिन्न देशले सुविधाका रूपमा पाउने एस्ट्राजेनेकाको खोपमा पनि सहजीकरण गरिदिन अनुरो...