काठमाडौँ । आज (बुधबार) सेयर बजारको परिसूचक नेप्से २९ सयमुनि ओर्लिएको छ । ३८.३५ अङ्क घटेर परिसूचक २८९८ अङ्कमा कायम भएको हो । दिनभर जम्मा ६ अर्ब २ करोडको कारोबार भयो । हिजो (मंगलबार) ८ अर्ब ४४ करोडको कारोबार भएको थियो । आज २० कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको मूल्य भने घटेको छ । […]