धितोपत्र बोर्डद्वारा ब्रोकर र स्टक एक्सचेन्ज लाईसेन्स दिने प्रक्रिया स्थगित, आज आवेदन नलिने

नेपाल धितोपत्र बोर्डले कमोडिटी एक्सचेन्जको लाईसेन्स, नयाँ स्टक एक्सचेन्जको लाईसेन्स र ब्रोकर लाईसेन्स समबन्धि सम्पूर्ण प्रक्रिया स्थगित गरेको छ । सर्वोच्च अदालतको आदेश अनुसार बोर्डले सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्ने निर्णय गारेको हो ।बोर्डका प्रवक्ता रुपेश केसीले सर्वोच्च अदालतको आदेश बोर्डमा प्राप्त भएको र आदेश आएपछि बोर्डले गरेको कानुनी परामर्शको आधारमा प्रक्रिया यथास्थितिमा राख्ने निर्णय भएको बताए । उनका अनुसार अब सर्वोच्चबाट अर्को आदेश नआएसम्म स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्सको लागि बोर्डले  आवेदन लिने छैन । स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्सको लागि आवेदन दिने आज कार्तिक १५ गते अन्तिम दिन थियो  । कार्तिक १४ गतेसम्म कुनै आवेदन नपरेकोले आज कार्तिक १५ गते अन्तिम दिनमा आवेदन पर्ने आँकलन गरिएको थियो  । तर अब बोर्डले आवेदन नलिने र अदालतको आदेश अनुसार नै सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्ने निर्णय गरेको हो  । अधिवक्ता दिपक विक्रम मिश्रले असोज ३१ गते धितोपत्र बोर्डले हालको लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए  । उनले आफ्नो रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई विपक्षी बनाएका थिए । कार्तिक ४ गते शुक्रबार सर्वोच्चका न्यायधिश  तिलप्रसाद श्रेष्ठको एकल इजलाशले कारण देखाउ आदेश जारी गर्दै  लाइसेन्स वितरणको कार्य तत्काल अगाडी नबढाउन आदेश दिएको थियो। साथै अदालतले निवेदकको माग बमोजिम आन्तरिम आदेश दिने कि नदिने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको छ । यस सँगै अब अर्को आदेश नहुँदासम्म प्रक्रिया स्थगित भएको छ   ।  धितोपत्र बोर्डले असोज २ गते सूचना जारी गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्सको लागि आवेदन माग गरेको थियो । बोर्डले एउटा स्टक एक्सचेन्ज र २ वटा कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिने सूचनामा जनाएको थियो । तर कतिवटा ब्रोकरलाई लाइसेन्स दिने भन्नेबारे सूचनामा खुलाएको थिएन । ब्रोकर लाईसेन्सको लागि ४६ कम्पनीले आवेदन दिएका छन्  । बोर्डले निजी लगानीको स्टकको लाइसेन्स दिनको लागि धितोपत्र बजार सञ्चालन नियमावली २०६४ मा संशोधन गरेको थियो । जसअनुसार नयाँ  खुल्ने स्टक एक्सचेन्जको पुँजी ३ अर्ब तोकिएको छ भने निजि कम्पनीले भने स्टक एक्सचेन्जको शेयर धारण गर्न सक्ने ब्यबस्था गरिएको छ ।त्यस्तै बोर्डले नयाँ ब्रोकर लाईसेन्स खुलाउन धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यवसायी) नियमावली २०६४ मा पनि संशोधन गरेको थियो । 

सम्बन्धित सामग्री

नयाँ स्टक एक्सचेन्ज र नेप्से पुनर्संरचनाको फाइल अर्थमा

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज प्रक्रियालाई अघि बढाउन आग्रह गर्दै अर्थ मन्त्रालयलाई दोस्रोपटक पत्र पठाउने भएको छ । बोर्ड सञ्चालक समितिको बैठकले नयाँ स्टक एक्सचेन्जको विषयमा अध्ययन गर्न आवश्यक नभएको,...

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स प्रदान गर्न बाटो खुल्यो

काठमाडौं, चैत २७ । सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स प्रदान गर्न नेपाल धितोपत्र बोर्डलाई बाटो खोलिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले आइतबार बाटो खोलिदिएको हो । नयाँ स्टक एक्सचेन्ज, ब्रोकर र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण नगर्न धितोपत्र बोर्डका नाममा आदेश माग गर्दै परेको रिट संयुक्त […]

नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा आउन कम्तीमा एक वर्ष लाग्ने

नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा आउन अझै कम्तीमा एक वर्ष लाग्ने भएको छ । ‘संशोधित धितोपत्र बजार सञ्चालन नियमावली, २०६४’ स्वीकृत भएसँगै नयाँ स्टक एक्सचेन्ज खोल्न बाटो खुला भएको छ । बोर्डले नयाँ...

नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि आवेदन माग

नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि आवेदन माग गरेको छ । बोर्डले आइतबार सूचना प्रकाशित गर्दै ३० दिनभित्र इच्छुक व्यक्तिलाई आवेदन दिन आह्वान गरेको हो ।...

नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र स्टक ब्रोकरका लागि आवेदन माग

२ असोज काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकसाथ धितोपत्र बजार (स्टक एक्सचेन्ज), वस्तु विनिमय बजार -कमोडिटी एक्सचेन्ज) तथा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (स्टक ब्रोकर र स्टक डिलर) को लाइसेन्सका लागि आावेदन माग गरेको छ । बोर्डले आइतबार सूचना प्रकाशित गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज, स्टक ब्रोकर र स्टक डिलरको लाइसेन्सको लागि आवेदन माग गरेको […]

नयाँ स्टक एक्सचेन्ज ल्याउन बाटो खोलेकोमा लगानीकर्ता हर्षित

काठमाडौं । नयाँ स्टक एक्सचेन्ज सञ्चालको बाटो खुलेकोमा शेयर लगानीकर्ताहरुले स्वागत गरेका छन् । शेयर लगानीकर्ताहरुको तीन वटै संगठन नेपाल इन्भेस्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नयाँ स्टक एक्सचेन्ज सञ्चालन र ब्रोकर लाइसेन्स वितरणको बाटो खोलेकोमा स्वागत गरेका हुन् । विगत लामो समयदेखि आफुहरुले […]

नयाँ स्टक एक्सचेन्ज खोल्ने बाटो खुल्यो

सरकारले नयाँ स्टक एक्सचेन्ज स्थापनाको बाटो खोलिदिएको छ । मंगलबार मन्त्रिपरिषद् बैठकबाट ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली, धितोपत्र व्यवसायी नियमावली २०६४ र धितोपत्र बजार सञ्चालक नियमावली २०६४ स्वीकृत भएसँगै नयाँ स्टक...

नयाँ स्टक एक्सचेन्ज खोल्ने सरकारको तयारीप्रति नेप्से कर्मचारीको ८ बुँदे असहमति

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कर्मचारी संघले नयाँ स्टक एक्सचेन्ज खोल्ने सरकारको तयारीप्रति असहमति जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै ८ बुँदे असहमति सार्वजनिक गरेको हो । सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया अघि बढाइरहेको समयमा संघको यस्तो धारणा आएको हो । विश्वमा स्टक एक्सचेन्जहरुको संख्या कम गर्न विभिन्न विकल्पहरूमा काम भइरहेको समयमा नेपाल उल्टो बाटोमा हिड्न लागेको भन्दै संघले आपत्ति पनि जनाएको छ ।भारतमा २६ वटा स्टक एक्सचेन्ज रहेकोमा अहिले घटेर २ वटामा सिमित भएको, सारा य

नयाँ स्टक एक्सचेन्ज तत्काल नआउने

नेपाल धितोपत्र बोर्ड नयाँ स्टक एक्सचेन्ज खोल्नबाट तत्काललाई पछि हटेको छ । निजी क्षेत्रलाई नयाँ स्टक एक्सचेन्जको स्वीकृति दिएर नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रतिस्पर्धी बनाउनबाट बोर्ड पछि हटेको हो । बोर्डमा नयाँ...