‘बाबरी’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउँने फिल्म हो । दसैँको छेको पारेर रिलिज हुन लागेको फिल्मले बुधबार राजधानीमा एक कार्यक्रमका बीच दर्शक साक्षात्कार गरेको छ ।नयाँ बसपार्कको लोत्से मल अगाडी आयोजित कार्यक्रममा दर्शकले फिल्मका कलाकारलाई फिल्मको बिषयमा आफ्नो जिज्ञासा राखेका थिए । फिल्मका मुख्य कलाकार धीरज मगर, अदिति बुढाथोकी र धीरज नाडकर उपस्थित रहेको कार्यक्रममा दर्शकले कलाकारसँग तस्विर तथा सेल्फी समेत खिचाएका थिए ।कार्यक्रममा दर्शकको फर्माइसमा फिल्मका कलाकार धीरज मगर, अदिति बुढाथोकी