बेलायतको अर्को प्रधानमन्त्री अक्टोबर २८ सम्ममा छनोट हुने भएको छ । बेलायती प्रधानमन्त्री लिज ट्रसलाई कन्जरभेटिभ पार्टीको नेताको रूपमा प्रतिस्थापन गर्ने निर्वाचन अक्टोबर २८ सम्ममा हुने बताइएको छ।
लन्डन- बेलायती प्रधानमन्त्री लिज ट्रसलाई कन्जरभेटिभ पार्टीको नेताको रूपमा प्रतिस्थापन गर्ने निर्वाचन अक्टोबर २८ सम्ममा हुने बताइएको छ । ‘अक्टोबर २८ गते शुक्रबारसम्ममा मतपत्र सञ्चालन तयारी र नेतृत्वको निर्वाचन सम्पन्न हुनेछ। त्यसैले हामीले ३१ अक्टोबरमा हुने वित्तीय विवरण अघि नै नयाँ नेता बनाउनुपर्छ,’ अध्यक्ष ग्राहम ब्राडीले बताएका छन् ।
बेलायतको कन्जर्भेटिभ पार्टी अहिले नयाँ नेता छनोट प्रक्रियामा व्यस्त छ। बोरिस जोनसनले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि कन्जर्भेटिभ पार्टीमा नयाँ ‘टोरी लिडर’ चुन्न मतदान भइरहेको छ।
हालसम्म चार चरणमा निर्वाचन भइसकेको छ। जसमा ऋषि सुनकले आफ्नो अग्रता कायम राखेका छन्। पहिलो चरणमा ८८ मत, दोस्रो चरणमा १०१ मत र तेस्रो चरणमा…