काठमाडौं : प्रतिनिधिसभाको बैठक निर्धारित समयमा आज पनि सुरू हुन सकेन। अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक यो समाचार तयार पार्दासम्म सुचारू हुन सकेको छैन। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले दलहरूबीच छलफल जारी रहेकाले केही बेरमा बैठक सुचारू हुने बताए। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ। शुक्रबार पशुपतिनाथमा जलहरी लगाउँदा भ्रष्टाचार भएको विषयमा नेकपा एमालेले सदन चल्न दिएको