सहकारीमा अस्थिर नीति

बचत तथा ऋण परिचालन गर्ने सहकारी संस्थाहरू एकपछि अर्को समस्यामा पर्दै गएपछि सरकारले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक लगाउने निर्णय गरेको छ । यसरी नयाँ सहकारी दर्ता रोकेर समस्याको समाधान हुँदैन । सहकारीहरूमा देखिएका समस्याका बारेमा अध्ययन गरी सुझाव दिन सरकारले सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको गठन गरेको थियो । सोही कार्यदलको सुझावअनुसार नयाँ सहकारी गठनमा रोक लगाएको देखिन्छ । कुनै ठाउँ वा संस्थामा समस्या देखियो भने त्यसलाई सुधार गर्न विभिन्न कदम चाल्नुको सट्टा बन्द गरिदिने सजिलो उपाय सरकारले लिने गरेको छ । अहिले सहकारीमा पनि त्यस्तै गरेको देखिन्छ । अहिले नयाँ दर्ता, कार्यक्षेत्र विस्तार रोक्दै गरौं, पछि हेरुँला भन्ने सोच सरकारी अधिकारीहरूमा रहेको हुन्छ । त्यसैअनुसार सहकारी दर्तामा रोक लगाइएको हो ।  यसरी सहकारी दर्तामा रोक लगाउँदा विविध पक्ष प्रभावित हुन्छन् । पहिलो, यस्तो रोकको समय लम्बियो भने शहरी क्षेत्रमा सहकारी किनबेचको धन्दा शुरू हुन्छ । अहिले नै शहरी क्षेत्रमा सहकारी खोल्न त्यति सहज छैन । त्यसो हुँदा घाटामा गएका वा बन्द हुन लागेका सहकारी किनेर अर्को समूहले सञ्चालन गर्ने गरेको पाइन्छ । यस्तो किनबेच हुँदा सहकारीका पुराना सदस्यको शेयर स्वामित्व गुमेको पाइन्छ । यसबाट उनीहरूले आफ्नो लगानी गुमाएका छन् । दोस्रो, सहकारीको नियमन गर्न छाडेर नियन्त्रण गर्नु समस्याको समाधान होइन । यो टालटुले प्रवृत्ति हो । यसले समस्यालाई एकछिन पछि धकेल्छ तर जति बेला त्यो उठ्छ त्यसले थप समस्या ल्याउँछ । अर्को, सहकारीको नियमन नै कसले र कसरी गर्ने भन्नेमा विवाद छ । सहकारीको सर्वोच्च भनेकै यसका सदस्य हुन् । सदस्यहरूले सञ्चालक वा अध्यक्ष, कोषाध्यक्ष आदिले लिने निर्णय, लगानी आदिबारे चासो नराख्दा समस्या भएको हो ।  नयाँ सहकारीको दर्तामा रोक लगाउनुको साटो निश्चित मापदण्ड बनाउनुपर्छ । त्यस्तो मापदण्ड पूरा नगर्ने सहकारी आफै बन्द हुन पुग्छन् । यसले विवाद पनि ल्याउँदैन । तेस्रो, अहिले बढी समस्या हुनुको कारण अकस्मात् धेरैले निक्षेप फिर्ता माग्नु हो । यसले गर्दा सुशासनसहित चलेका राम्रा सहकारी पनि तरलताको अभावले समस्यामा परेका छन् । बैंकहरूले उच्च ब्याजदर दिएकाले सहकारीको रकम झिकेर बैंकमा राख्ने गरेको पाइन्छ । यसरी अकस्मात् निक्षेप निकाल्न थालेपछि सहकारीले निक्षेप फिर्ता गर्न नसक्नु स्वाभाविक हो । तर, निक्षेप फिर्ता गर्न नसक्नुलाई सहकारी समस्यामा आएको भनी प्रचार गरिँदा झनै समस्या बढेको हो । त्यसो त सबै निक्षेपकर्ताले आफ्नो निक्षेप एकैचोटि निकाल्न आए भने सरकारी बैंक पनि टाट पल्टने निश्चित छ । सहकारीमा देखिएको समस्या सुशासनको मात्रै होइन, बैंकको ब्याजदर बढी हुनु पनि रहेको देखिन्छ । चौथो, सरकारले सहकारी दर्तामा रोक लगाउनु संविधानको मर्मविपरीत देखिन्छ । राज्यले तीन खम्बे अर्थनीति लिएको छ र एउटा खम्बा सहकारीलाई मानेको छ । एउटा खम्बामा समस्या आयो भने समग्र अर्थतन्त्रमा समस्या आउन सक्छ । यस्तोमा समस्या समाधानको सही उपायका पछि लाग्नुपर्नेमा रोक लगाउनतिर लागेको छ ।  पाँचौं, संविधानले सहकारीको जिम्मा स्थानीय सरकारलाई दिएको छ । स्थानीय सरकारले नियमन गर्न नसक्दा समस्या आएको निष्कर्ष कार्यदलको रहेको देखिन्छ । यो केही हदसम्म सही पनि हो । तर, स्थानीय सरकारलाई संघीय सरकारले नियमनका लागि विभिन्न सहयोग गरेर तिनलाई सबल बनाउनुपर्नेमा संघले नै नियन्त्रणमा लिने गरी रोक लगाइएको छ । यसले स्थानीय सरकारको अधिकार हनन हुने देखिन्छ । त्यसैले सहकारीको समस्या अर्थतन्त्रको समस्यासँग जोडिएकाले सहकारीमाथि नै रोक लगाउने कार्य सही हुँदैन । सरकारले अर्थतन्त्रमा सुधार ल्याउन नीतिगत र संरचनागत सुधार गर्नु जरुरी हुन्छ । सहकारीमा अंकुश लगाएर समाधान केही पनि निस्कँदैन भन्ने सरकारले बुझ्न जरुरी छ । नयाँ सहकारीको दर्तामा रोक लगाउनुको साटो निश्चित मापदण्ड बनाउनुपर्छ । त्यस्तो मापदण्ड पूरा नगर्ने सहकारी आफै बन्द हुन पुग्छन् । यसले विवाद पनि ल्याउँदैन ।

सम्बन्धित सामग्री

फलामको कच्चा पदार्थमा कर हेरफेर: सरकारको अस्थिर नीति, व्यवसायीको दोहोरो चरित्र

स्पञ्ज आइरनको आयातमा लाग्ने भन्सार महसुल एक प्रतिशतबाट बढाएर साढे दुई प्रतिशत पुर्‍याइएको छ भने स्क्राप आइरनको एक प्रतिशत कर लगाइएको छ ।

फलामको कच्चा पदार्थमा कर हेरफेर: सरकारको अस्थिर नीति, व्यवसायीको दोहोरो चरित्र

स्पञ्ज आइरनको आयातमा लाग्ने भन्सार महसुल एक प्रतिशतबाट बढाएर साढे दुई प्रतिशत पुर्‍याइएको छ भने स्क्राप आइरनको एक प्रतिशत कर लगाइएको छ ।

फलामको कच्चा पदार्थमा कर हेरफेर: सरकारको अस्थिर नीति, व्यवसायीको दोहोरो चरित्र

काठमाडौं ।  निर्माण क्षेत्रमा अत्यावश्यक फलामे छड, डण्डी, रेलिङ, जस्तापाताजस्ता सामग्री उत्पादन गर्ने दुईथरी उद्योग छन् । एकथरी उद्योगले स्पन्ज आयात तथा स्क्य्राप (पत्रु फलाम) सङ्कलन गरेर आफै बिलेट बनाउँछन् र त्यसलाई थप प्रशोधन गरी फलामे छड/डण्डी उत्पादन गर्छन् । अर्को थरी, उद्योगले सोझै बिलेट आयात गर्छन् र त्यसबाट फलामे छड तथा डण्डी तयार पार्छन् […]

फलामको कच्चा पदार्थमा कर हेरफेर : सरकारको अस्थिर नीति, व्यवसायीको दोहोरो चरित्र

निर्माण क्षेत्रमा अत्यावश्यक फलामे छड, डण्डी, रेलिङ, जस्तापाता जस्ता सामग्री उत्पादन गर्ने दुईथरी उद्योग छन् । एकथरी उद्योगले स्पन्ज आयात तथा स्क्य्राप (पत्रु फलाम) सङ्कलन गरेर आफै बिलेट बनाउँछन् र त्यसलाई थप प्रशोधन गरी फलामे छड/डण्डी उत्पादन गर्छन् ।

प्रतिबन्ध र अस्थिर नीतिले बढ्दै अनौपचारिक अर्थतन्त्र

त्रिवि अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख प्राडा शिवराज अधिकारीका अनुसार नेपालमा अस्थिर सरकार, अस्थिर नीति र सरकारले लगाउने प्रतिबन्धका समयमा अनौपचारिक अर्थतन्त्र फस्टाउने गरेको पाइएको छ ।

‘सेयर बजारमा अब रियल सेक्टर आउँछ, साना लगानीले प्राथमिकता पाउँछ’

२३ वैशाख, काठमाडौं । नेपालको पूँजी बजारमा हुने लगानीको सुरक्षाबारे पटक–पटक प्रश्न उठ्छ । लाभका लागि अफवाह सिर्जना गर्ने स्वार्थ समूह, अफवाहमा विश्वास गर्ने लगानीकर्ता, सरकारको अस्थिर नीति, लहैलहैमा लगानी लगानी गर्ने प्रवृत्ति, बजारभित्र फस्टाउँदो इन्साइडर ट्रेडिङ र कम्पनीहरुको अपारदर्शी शैली लगायतका कारणले पूँजी बजारलाई नकारात्मक प्रभाव पारिरहेको छ । यसको सुधारमा अहिलेसम्म नियमनकारी निकाय ‘नेपाल […]

कोरोना बिमाको दाबी भुक्तानी गर

कोरोना बिमाको दाबी भुक्तानीमा सरकारले एकपछि अर्को बहाना गर्दै जाँदा नागरिकमा सरकारप्रति अविश्वास चुलिँदो छ । नेपालमा सरकारका अस्थिर नीति तथा योजनाका कारण निजी क्षेत्र बदनाम हुनु नौलो कुरा रहेन । सरकारले ल्याएको नीतिअनुरूप उद्योग–व्यवसाय गर्दा त्यही नीतिलाई नै परिवर्तन गर्ने परम्परा पनि नौलो होइन । तर, यस्ता क्रियाकलापले निजी क्षेत्र बदनाम भएको पाइन्छ । […]

औद्योगिक विकासको बाधक अस्थिर नीति : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो र स्थिर नीतिको अभावमा मुलुक औद्योगिक विकासतर्फ अगाडि बढ्न नसकेको बताएका छन् ।सिद्धार्थ उद्योग वाणिज्य संघको ६३औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले नयाँ नीति तथा कानुन बनाउदा सम्बन्धित सरोकारवालाहरुसँग गहन छलफल गर्न आवश्यक रहेको बताउए ।“मुलुकमा औद्योगिक विकास तथा आन्तरिक […]

अस्थिर नीति बालबालिकालाई बोझ

शैक्षिक समस्याका थुप्रोलाई बेवास्ता गर्दै वर्तमान शिक्षामन्त्री देवेन्द्र पौडेलले केही समयअघिदेखि नै अस्थायी शिक्षकलाई स्वतः स्थायी गर्न पहल गर्ने बताउँदै आएका छन्।...