नक्कली सुन धितो राखेर वाणिज्य बैंकबाट ऋण

२३ चैत, झापा । नक्कली सुनको गरगरहना धितो राखेर राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, बिर्तामोड र धुलाबारी शाखालाई २७ लाख २८ हजार रुपैयाँ ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड–५ की ३८ वर्षीय मिना देवी खड्का, मेचीनगर–७, ईट्टाभट्टाका ३५ वर्षीय शम्भु खत्री, बिर्तामोड–३ का ४३ वर्षीय राम …

सम्बन्धित सामग्री

जब अभिषेकले नक्कली सुन धितो राखेर २४ लाख ऋण झिके...

एक जनाले नक्कली सुन धितो राखेर बैंकबाट पैसा झिकेको खुलेको छ । पोखरास्थित राष्ट्रिय वाणिज्य बैंकबाट पर्वतका अभिषेक सुनारले नक्कली सुन धितो राखेर २४ लाख रुपैयाँ ऋण झिकेको खुलेको हो । पर्वतको कुश्मा घर भई हाल पोखरा महानगरपालिका–२५ सराङकोट बस्ने २५ वर्षीया सुनारले पोखराको बिरौटास्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट १६ लाख ६० हजार र पृथ्वीचोक शाखाबाट ७ लाख ४५ हजार ऋण लिएको पाइएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुन्दर तिवारीका अनुसार सुनार ऋणको किस्ता तिर्न नआएपछि बैंकले सुन जाँच गरेको थियो । सुन जाँच गर्दा नक्कली भएको खुलेको हो ।प्रहरीले पनि अनुसन्धान गर्न सुनारले धितोमा राखेका गहना परीक्षणका लागि सुनचाँदी व्यवसायी संघ कास्कीमा पठाएको थियो । सुनचाँदी व्यवसायी संघले ती गरगहना नक्कली सुनबाट बनेको प्रतिवेदन दिइसकेको छ । सुनारलाई जिल्ला अदालत कास्कीले ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान गर्न ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।सुनार हाल हिरासतमा छन् ।

नक्कली सुन धितोमा २४ लाख ऋण झिकेर फरार, एक जना पक्राउ

२८ कात्तिक, पोखरा । पोखरामा राष्ट्रिय वाणिज्य बैंकमा नक्कली सुन धितो राखेर २४ लाख रुपैयाँ ऋण लिएको खुलेको छ । पर्वतको कुश्मा घर भई पोखरा महानगरपालिका-२५ सराङकोटका २५ वर्षीय अभिषेक सुनारले बिरौटास्थित वाणिज्य बैंकको शाखाबाट १६ लाख ६० हजार र पृथ्वीचोकस्थित शाखाबाट ७ लाख ४५ हजार रुपैयाँ ऋण लिएको खुलेको हो । हाल हिरासतमा रहेका […]

'बैंकले नक्कली सुन दिएर ठग्याे'

इलाम‍- इलाम नगरपालिका–८ कि विना चेम्जोङले राष्ट्रिय वाणिज्य बैंक इलाम शाखाबाट सुन धितो राखेर ऋण लिँदा ठगिएको गुनासो गरेकी छिन् । बैंकबाट धितो फिर्ता लिँदा आफूले राखेको सुन नपाएर जलप लगाएको सिक्री दिएको चेम्जोङको दाबी छ । ‘मैले १० असारमा पाँच थान सुन धितोमा राखेर एक लाख ४७ हजार रुपैयाँ&n...

सक्कली सुन धितो राख्दा बैंकले नक्कली फिर्ता दिएको गुनासो

सुन धितो राखेर सरकारी बैंकबाट ऋण लिएकी एक महिलाले बैंकले आफूलाई नक्कली सुन फिर्ता दिएको गुनासो गरेकी छिन्। बैंकले आफूबाट सक्कली सुन (सिक्री) लिएको तर ऋण चुक्ता गरेपछि भने सुनको जलप लगाएको सिक्रीमात्र फिर्ता दिएको ती महिलाको गुनासो छ।