पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न प्रतिनिधिसभाले बनाएको विशेष संसदीय छानबिन समितिले मंगलबारदेखि छानविनको काम थाल्ने भएको छ । शुक्रबार नयाँ बानेश्वरमा सभामुख अग्निप्रसाद सापकोटाले छानविन समितिका ११ सदस्यसँग सहजीकरण बैठक गरेका थिए । सो बैठकमा छानविन विशेष समितिका सदस्यहरूबीच परिचयात्मक कार्यक्रम मात्र भएको एमाले सांसद खगराज अधिकारीले बताए । आउँदो मंगलबारदेखि समितिले छानविनको काम सुरु गर्ने लोसपाका सांसद लक्ष्मणलाल कर्णले रातोपाटीलाई जानकारी दिए । सभामुखले बोलाएको छलफलमा समि