पूर्वाञ्चल क्यान्सर अस्पतालमा एक लाखसम्मको उपचार सेवा निःशुल्क

झापाको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा विपन्न परिवारका क्यान्सरपीडितले रु एक लाखसम्मको उपचार सेवा निःशुल्क पाउने भएका छन् ।नेपाल सरकार स्वास्थ्य सेवा विभागको विपन्न नागरिक औषधोपचार कोष कार्यक्रमअन्तर्गत अस्पतालले सो सेवा सञ्चालन गरेकोे जनाएको छ । अस्पतालले गत पुस २१ गते नेपाल सरकारसँग गरेको सम्झौताका आधारमा यही माघ १ ...

सम्बन्धित सामग्री

‘अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन’

झापा । अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो ।

निःशुल्क औषधि उपचार

गाईघाटस्थित जिल्ला अस्पतालमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सात सयभन्दा बढी बिरामीलाई निःशुल्क औषधिसहितको उपचार सेवा दिइएको छ। बिएन्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पताल झापाको प्राविधिक सहयोग तथा त्रियुगा नगरपालिका, जिल्ला अस्पताल र दाजुभाइ समूह दोहा कतारको सहकार्यमा त्रियुगा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको शिविरमा ७५० जना बिरामीलाई त्यस्तो सेवा दिइएको हो। शिविरमा क्यान्सर रोग, महिला तथा स्त्री रोग, भिडियो एक्स–रे, ल्याब, ईसीजी, नाक, कान, घाँटी, मुटु, फिजिसियन, न्युरो, हाडजोर्नी, छाला, दाँतसम्बन्धी समस्याको एकीकृत रूपमा विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गरिएको त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश रसाइलीले बताउनुभयो।