निर्माण शुरू भएको १० वर्षपछि माथिल्लो तामाकोशी जलविद्युत आयोजना सम्पन्न हुने संघारमा पुगेको छ । ४५६ मेगावाट क्षमतायुक्त राष्ट्रिय गौरवको सूचीमा परेको आयोजना निर्माण २०६८ मा शुरू भएको थियो । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले आयोजना शिलान्यास गरेका थिए ।निर्माण शुरू भएको १० वर्ष अर्थात आर्थिक वर्ष २०७४ सालभित्र आयोजना निर्माण सकेर व्यवसायिक रुपमै विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको थियो । तर, करिब ४ वर्ष ढिला गरी आयोजनाबाट व्यवसायिक विद्युत उत्पादन शुरू हुन लागेको हो ।आयोजनाका प्रमुख कार्