सुकुम्वासी आयोगले दिएको जग्गा बिक्री गर्ने मालपोतका कर्मचारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुकुम्वासी समस्या समाधान आयोगबाट प्राप्त जग्गा बिक्रीमा संलग्न मालपोत कार्यालयका कर्मचारी र खरिद बिक्रीकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुकुम्वासी समस्या समाधान आयोगबाट प्राप्त जग्गा २५ वर्षसम्म बिक्री गर्न नपाइने व्यवस्था भएकामा मालपोत कार्यालयका कर्मचारीसमेतको मिलेमतोमा जग्गाधनी स्रेस्तामा २५ लाई काटेर १५ वर्ष बनाई मालपोतको स्रेस्ता सच्याउन कर्मचारीले ३५ […]

सम्बन्धित सामग्री

बालुवाटार जग्गा काण्डमा मुछिएका यी हुन् २८६ जना (नामसहित)

काठमाडौं :  बालुवाटारको सरकारी जग्गा हडप्ने कार्यमा संगठित रूपमा किर्ते गरेर राज्‍यलाई ठगी तथा हानि नोक्सानी पुर्‍याएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ। जसमध्ये पूर्वमन्त्री, कर्मचारी, व्यापारी, बिचौलिया आदि विभिन्न व्‍यक्तिहरूको नाम मुछिएको छ।बालुवाटारस्थित ललितानिवास क्याम्पभित्रको सरकारी जग्गा बिक्री प्रकरणमा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यसअघि नै भ्रष

नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

साझा भण्डार भोटाहिटीको नाममा रहेको विभिन्न स्थानको जग्गा बिक्री गर्दा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भण्डारको नाममा रहेको सुर्खेतको वीरेन्द्रनगरपालिका र बाँकेको कोहलपुरमा रहेको जग्गा बिक्री गर्दा अनुचित लाभ लिएको आरोपमा तत्कालीन अध्यक्ष जयकुमार खड्का, सञ्चालक समितिका तत्कालीन सदस्य आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोलाप्रसाद न्यौपाने, योगेन्द्रनाथ कर्माचार्य तथा सदस्यसचिव तथा महाप्रबन्धक अमर थापाविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगका अनुसार नौ जनालाई जनही चार करोड चार लाख २४ हजार रुपियाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको छ ।