झारफुकको नाममा बिरामी महिलालाई तातो तेल खन्याएर पन्युले डामेको आरोपमा प्रहरीले काठमाडौंबाट थप ४ जनालाई पक्राउ गरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित जरङ्खुमा झारफुकको नाममा आफूलाई माता बताउने १९ वर्षीया सचिता मगरले बिरामीलाई यातना दिएकी हुन् । सचिता र उनका सहयोगीले तातो तेल शरीरमा खन्याएर पन्युले डाम्दा भोजपुर घर भएकी ३६ वर्षीया सविता राई ‘रुपा’ घाइते भएकी छिन् ।पुस ४ मा प्रहरीले सचिता मगरलाई पक्राउ गरेको थियो । सो घटनामा संलग्न थप ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी