धनुषाको एक स्थानीय तहका जनप्रतिनिधिहरु विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । धनुषाको हंसपुर नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख र वडाअध्यक्ष विरुद्ध धनुषा अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।धनुषा जिल्ला अदालतले रामज्ञान मण्डल, नगर उपप्रमुख रेणु झा र वडा अध्यक्षहरू उदय सिंह र किशोरी यादवको नाममा पक्राउ पुर्जी जारी गरेको धनुषा प्रहरीले जनाएको छ ।ती जनप्रतिनिधिलाई पक्राउ पुर्जी जारी गर्नुपूर्व हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य श्याम राउतलाई प्रहरीले पक्राउ गरी सोधपुछ गरेको थियो । उनीविरुद्ध स