काठमाडौं। माधवकुमार नेपाल पक्षले सहमतिका लागि भोली बिहानसम्मका लागि प्रयास गर्ने भएको छ। आजै राजिनामा दिने तयारी भएको भएपनि सांसदहरुले अन्तिम प्रयास गर्न दबाव दिएका थिए। प्रधानमन्त्री ओली पक्षका नेताहरु विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङसँग छलफलपछि भोली बिहानसम्म सहमतिको प्रयास हुने भएको हो। भोली बिहानसम्म केही प्रगति नभए आफ्नै प्रकारको कठोर निर्णय अघि बढाउने उक्त समूहले चेतावनी दिएको छ।