डोटी भूकम्प : भूकम्प प्रभावितको उद्धारमा खटिए सेना र प्रहरी
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल डोटीको भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएको छ । रेडक्रसकर्मी र स्थानीयवासीसमेत उद्धारमा जुटेका छन् ।
डोटी – दिपायल, खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर बुधबार बिहान गएको भूकम्पबाट घर भत्काउँदा च्यापिएर मृत्यु भएका मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । डोटी जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका आफन्त पदमबहादुर बोहरालाई रु चार लाख, विस्नादेवी बोहरालाई रु तीन लाख र महावीर बोहरालाई रु दुई लाख घटनास्थलमा गई वितरण गरिएको जिल्ला प्रशासन कार्यालय […]
दिपायल, खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर बुधबार बिहान गएको भूकम्पबाट घर भत्काउँदा च्यापिएर मृत्यु भएका मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ।...
डोटी भूकम्पपीडितलाई आफूखुसी राहत बाँड्न रोक लगाइएकाे छ। अब विकास साझेदारले जिल्ला प्रशासन र स्थानीय तहमार्फत् मात्र राहत बाँड्नुपर्ने भएकाे छ।
संघ सरकारले डोटी भूकम्पका पीडितका लागि राहत र पुनर्लाभका कार्यक्रम एकीकृत...
२३ कात्तिक, काठमाडौं । मंगलबार राति र बुधबार विहान डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पले घर भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भयो भने ५ जना घाइते भए । दिपायललाई केन्द्रविन्दु बनाएर मंगलबार राति ९ः०७ मिनेटमा गएको ५.७ म्याग्निच्युडको भूकम्प गयो भने खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाएर बुधबार विहान २ः१२ मा ६.६ म्याग्निच्युडको । भूकम्पले भएको […]
डोटी – पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएरातिको भूकम्पमा परि ज्यान गुमाएका ६ जनाका परिवारहरुलाई एक लाख ५० हजार रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ ।
आज बिहान गैरागाउँ पुग्नुभएका पूर्वमन्त्री आलेले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै मृतकका परिवारलाई राहतसहित आवश्यक काज किरियामा सहयोग पुगोस् भनेर जनही २५ हजारका दरले एक लाख ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको हो ।
आफूले घोषणा गरेको रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्कालै उपलब्ध गराउने उहाँले ज...
डोटी – डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएराति गएको भूकम्पमा परि ६ जनाको ज्यान गएपछि पूरै गाउँ शोकमा डुबेको छ । गैरागाउँमा धान तथा दलहनबाली भित्र्याउने काम चलिरहेको थियो । त्यसैमाथि चुनावी चहलपहल । यही समयमा ६ जनाको ज्यान जाने गरि आएको भूकम्पले अहिले गैरागाउँमा रुवाबासी चलेको छ ।
राति गाउँमा सबै सुतेको बेला भूकम्प आउँदा मानवीयसहित धनजनको क्षति भएको स्थानीयवासी धनबहादुर विष्टले बताउनुभयो ।
‘हामी त मस्त निन्द्रामा थियौँ, भूकम्प आयो, हाम्रो ठाउँमा निकै ठूलो क्षति पुर्&z...
डोटी – नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल डोटीको भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएको छ । रेडक्रसकर्मी र स्थानीयवासीसमेत उद्धारमा जुटेका छन् । डोटीको खप्तड क्षेत्र केन्द्रबिन्दु भएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पकपछि डोटीका धेरैजसो ठाउँमा सञ्चार सम्पर्क बिच्छेद भएको छ । यता […]
डोटी – डोटी भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ । घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारबका लागि केहीबेर अघि हेलिकप्टरबाट डोटी अस्पताल पुर्याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरुको उद्धार गरेको हो। उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत […]
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले डोटी भूकम्पमा परी मृत्यु भएका परिवार र घाइतेलाई तत्काल उचित प्रबन्ध मिलाउन निर्देशन दिएका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन र घाइतेहरुको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएका हुन्। ‘सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परि मृत्यु […]