काठमाण्डाै – तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएकाकाे शव परिवारलाई बुझाइएको छ । दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शव मृतकका परिवार आफन्तलाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ ।
विमान दुर्घटनामा ज्यान गुमाएकाकाे शव त्रिवि शिक्षण अस्पतालमा परीक्षणपछि आज बिहीवार परिवारलाई बुझाइएकाे हाे । हिजाे बुधवार राति पोस्टमार्टम सकिएका २२ वटै शवको कागजी प्रक्रिया मिलाएर आज दिउँसाे मृतकका परिवालाई शव हस्तान्तरण गरिएको हो ।
गएकाे आइतवार पोखराबाट उडेको ट्विनअटर विमान सोमवार बिहान मुस्ताङको था...