विन्ध्यवासिनी संगीत साधना सम्मान गायिका गुरुङलाई

काठमाडौँ– विन्ध्यवासिनी म्युजिकले यो वर्षको संगीत साधना सम्मान गायिका सुक्मित गुरुङलाई प्रदान गर्ने भएको छ । आगामी २२ वैशाखमा हुने विन्ध्यवासिनी म्युजिक अवार्डको १३औँ संस्करण कार्यक्रममा उनलाई संगीत साधना सम्मानबाट सम्मानित गर्न लागिएको हो । यसअघि विन्ध्यवासिनी संगीत साधना सम्मानबाट भजन शिरोमणि भक्तराज आचार्य, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, संङ्गीतकार शक्ति बल्लभ, गीतकार कृष्णहरि बराल , […]

सम्बन्धित सामग्री

म्युजिक अवार्ड प्रदान

विन्ध्यवासिनी म्युजिक अवार्डको १४ औँ संस्करणमा विभिन्न ३१ विधामा सम्मान र अवार्ड प्रदान गरिएको थियो । सुगम सङ्गीततर्फ निसान भट्टराई र काव्या आचार्यले सर्वोत्कृष्ट गायकगायिकाको अवार्ड पाउनुभयो । सोही कार्यक्रममा गायिका मीरा राणालाई एक लाख रुपियाँसहित विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड–२०८० बाट सम्मान गरियो । सङ्गीतकार भूपेन्द्र रायमाझीलाई ५० हजार रुपियाँसहित विन्ध्यवासिनी साधना सम्मान, जनही नगद २५ हजार रुपियाँसहित पत्रकार शान्तिप्रियालाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मान, गायक रूपक डोटेललाई प्रेमध्वज सङ्गीत रत्न सम्मान र लोकगायक राजु परियारलाई झलकमान लोकसङ्गीत सम्मानबाट सम्मानित गरियो । कार्यक्रममा गायिका लक्ष्मी सुवेदीलाई १५ हजार रुपियाँसहित अनवरत लोकदोहोरी स्रष्टा सम्मानबाट सम्मान गरियो ।

‘विन्ध्यवासिनी सङ्गीत सम्मान २०७९’ सम्पन्न

‘तेह्रौँ विन्ध्यवासिनी सङ्गीत सम्मान २०७९’ शुक्रबार बेलुकी काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ । विन्ध्यवासिनी फाउन्डेसनको आयोजनामा सम्पन्न अवार्डमा गीतसङ्गीतमा अमूल्य योगदान पुर्याएबापत सङ्गीतकार तथा प्रशिक्षक प्रकाश गुरुङलाई रु एक लाखसहित ‘विन्ध्यवासिनी दीर्घसाधना सम्मान २०७९’ बाट सम्मान गरिएको छ । यस्तै गायिका सुकमित गुरुङलाई ‘विन्ध्यवासिनी सङ्गीत साधना सम्मान २०७९’बाट रु ५० हजारसहित र लोकगायक …

२१ विधामा विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ प्रदान

काठमाडौं । विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ प्रदान गरिएको छ । राजधानीमा आयोजित समारोहमा विजेतालाई पुरस्कृत गरियो । २०७९ सालमा रिलिज भएका गीतलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको हो । नेपाली सांगीतिक क्षेत्रमा योगदान दिएबापत संगीतकार प्रकाश गुरुङलाई नगद एक लाख रुपैयाँसहित लाइफटाइम अचिभमेन्ट अवार्ड हस्तान्तरण गरियो । ५० हजार रुपैयाँसहित सुकमित गुरूङलाई विन्ध्यवासिनी संगीत साधना […]

विन्ध्यवासिनी अवार्डका सम्मान घोषणा लाइफटाइम प्रकाश र संगीत साधना सुक्मितलाई

विन्ध्यवासिनी फाउन्डेसनले शनिबार राजधानीमा एक भेला आयोजना गरी आगामी चैतमा राजधानीमा हुने विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ अन्तर्गत विभिन्न सम्मानको घोषणा गरेको छ । फाउन्डेसनले नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा नवौं वार्षिक भेला आयोजना गरी मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा हुने रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ का लागि तीन संगीतकर्मी र एक सञ्चारकर्मीको नाम अनुमोदन गराएको हो । […]

गायक वैद्यलाई लाईफटाइम र गायिका मोक्तानलाई संगीत साधना सम्मान

काठमाडौंँ । ख्याति प्राप्त गायक योगेश वैद्य ‘लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् ।’ विन्ध्यवासिनी म्युजिक अवार्डमा उनलाई सो सम्मान दिइएको हो । स्वास्थ्यका कारण अवार्ड समारोहमा सहभागी हुन नसकेपछि उनलाई उनकै निवासमा पुगेर सम्मान दिइएको थियो ।राजधानीमा सम्पन्न ११ औं संस्करणको अवार्डमा गायिका कुन्ती मोक्तानलाई नगद ५० हजार रुपियाँ सहित संगीत साधना सम्मान, गायिका माण्डवी त्रिपाठीलाई २५ हजार रुपियाँ सहित संगीत रत्न सम्मान र पत्रकार अनन्त वाग्लेलाई नगद २५ हजार रुपैयाँसहित विन्ध्यव

वरिष्ठ गायक योगेश वैद्य पुरस्कृत

बरिष्ठ गायक योगेश वैद्यलाई विन्ध्यवासिनी लाईफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । स्वास्थ्यका कारण कार्यक्रममा उपस्थित हुन नसक्नुभएका गायक वैद्यलाई उहाको घरमै गएर एक लाख रुपियाँ राशिसहितको सो अवार्ड प्रदान गरिएको हो । विन्ध्यवासिनी म्युजिक प्रा।लि। र विन्ध्यवासिनी फाउन्डेशनले हरेक वर्ष गीत सङ्गीतको क्षेत्रमा योगदान पुर्याउने श्रष्टालाई सो अवार्ड प्रदान गर्दै आइरहेको छ । यसैगरी, गायिका कुन्ती मोत्तानलाई संगीत साधना सम्मान प्रदान गरिएको छ ।