काठमाडौँ : अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले तीनदिने नेपाल भ्रमण निकै उपलब्धिमूलक रहेको उल्लेख गरे पनि तत्काल नेपालमा ठूला क्रिकेट प्रतियोगिताहरु आयोजना हुन नसक्ने बताएका छन्।नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा आईसीसी अध्यक्ष बार्कलेले प्रतियोगिताहरु आयोजना गर्न अझै धेरै पूर्वाधारको विकास हुनु आवश्यक रहेकाले तत्काल नेपालमा कुनै पनि ठूला आयोजना हुन नसक्ने बताएका हुन्। तीनदिने भ्रमणका लागि नेपाल आएका बार्कलेले पत्रकार सम्मे