भक्तपुर : चाँगुनारायण नगरपालिका–८, सुडालस्थित श्री इट्टाभट्टामा कार्यरत एक भारतीय मजदुरको मृत्यु भएको छ।इट्टाभट्टाको झ्याउली (कामदार बस्न बनाइएको छाप्रो)मा अचेत अवस्थामा सोमवार बिहान फेला परेका ३२ वर्षीय भारतीय कामदार संजय पासवानको उपचारको क्रममा मृत्यु भएको हो।झ्याउलीमा अचेत अवस्थामा आफन्तले फेला पारी उपचारको लागि डा. इवामुरा अस्पताल लगिएकोमा उपचारकै क्रममा पासवानको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिए।घटनास्थलमा अनुसन्धा