काठमाण्डाै – पदाधिकारी चयन नगरि नेकपा माओवादी केन्द्रको पहिलो केन्द्रीय कमिटीको बैठक सकिएको छ । माओवादीको विधानअनुसार केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्नुपर्छ । तर आज साेमवार बसेको बैठक अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेर सकिएको छ ।
अर्को बैठक २५ गते बस्ने नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो । आज तयारी नपुगेकाले अर्को बैठकले पदाधिकारी चयन गर्ने उहाँको भनाइ छ ।
विधानअनुसार माओवादीमा १५ जना पदाधिकारी हुनेछन् । जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, द...