दमौली कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच घाइते

तनहुँ । दमौली कारागारमा रहेका कैदीबन्दीबीच आज साँझ झडप हुँदा पाँच घाइते भएका छन् । झडपमा परी तीन नाइके र दुई कैदीबन्दी घाइते भएको दमौली कारागार प्रशासनले जनाएको छ । घाइते हुनेमा नाइकेतर्फ धनबहादुर शाही, अनुप थापा र ज्ञानबहादुर विक रहेका छन् । त्यसैगरी कैदीबन्दीतर्फ माधव कँडेल र कुलबहादुर तामाङ घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएकामध्ये चारको दमौली अस्पतालमा र एकको दमौलीस्थित समाधान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । कारागारमा हाल रहेका चौकीदार र नाइके हटाएर आफूले चाहेको व्यक्तिलाई राखिनुपर्ने मागमा उत्रिएका कैदीबन्दीबीच विवाद हुँदा झडप स्थिति भएको बताइएको छ । घटना पश्चात प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अरुण पौडेल, जेलर र कैदीबन्दीबीच कारागारमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित सामग्री

बर्जु महोत्सवमा झडप, सर्वसाधारण सहित प्रहरी घाइते

सुनसरीको दक्षिणवर्ती बर्जुमा सञ्चालित महोत्सवमा यस पटक पनि झडप हुँदा सर्वसाधारण र प्रहरी घाइते भएका छन्।...

उर्लाबारीमा झडप, ३ जना घाइते

३ मंसिर, विराटनगर । मोरङको उर्लाबारीमा रहेको कफी सपमा झडप हुँदा तीन जना घाइते भएका छन् । मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनको मौन अवधिमा उर्लाबारी नगरपालिका- ६ मा रहेको तरल कफी सपमा शुक्रबार बेलुका करिब साढे ६ बजे झडप हुँदा तीन जना घाइते भएका हुन् । घाइते मध्ये एकको अवस्था गम्भीर छ । प्रहरीका […]

एमाले-गठबन्धनका कार्यकर्ताबीच झडप, एकजना घाइते

एमाले-गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा एकजना घाइते भएका छन्।   उम्मेदवारी फिर्ता गर्ने विषयमा निर्वाचन अधिकृतको कार्यालयमा गठबन्धन र एमाले कार्यकर्ताबीच धकेलाधकेल हुने क्रममा लडेर घाइते भएका माओवादी केन्द्रका नेत बालकृष्ण गैह्रेलाई...

रसुवामा प्रहरी र स्थानीयवासीबीच झडप, आठ सुरक्षाकर्मी घाइते

रसुवा : उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच झडप हुँदा प्रहरी निरीक्षकसहित सुरक्षाकर्मी घाइते भएका छन्।गोल्जुङ र चिलिमेका बासिन्दा सरह अतिप्रभावित किसिमको जल विद्युत् शेयर पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको हो। झडपमा दुई प्रहरी निरीक्षकसहित आठ प्रहरी घाइते भएका हुन्। घाइते हुनेमध्ये तीन सशस्त्र प्रहरी र तीन नेपाल प्रहरी छन् । आन्दोलनरत पक्षले विद्युत् आयोजनाका सवारी साधन तथा कार्यालयको भौतिक संरचना तोडफोड गर्न थालेपछि दुई पक

पाल्पामा झडप, ६ घाइते

पाल्पाको रम्भा गाउँपालिकामा झडप हुँदा ६ जना घाइते भएका छन् । खसेको भन्दा बढी मत भेटिएपछि विवाद हुँदा झडप भएको हो । घाइतेहरूमा तीन जना सुरक्षाकर्मी र तीन जना मतदाता रहेको बुझिएको छ ।रम्भा–५ ताहुँको मतगणना सम्पन्न हुने क्रममा ७४ मत बढी देखिएपछि विवाद बढ्दै गएको थियो । निर्वाचन अधिकृतको कार्यालयतर्फ जान खोज्ने गठबन्धन दलका कार्यकर्तालाई रोक्ने क्रममा झडप भएको हो ।पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले तीन जना प्रहरीलाई ढुङ्गा तथा लाठीले हिर्काई घाइते बनाएपछि प्रहरीले अश्रुग्यास हानेको

खार्पुनाथमा झडप हुँदा १० जना घाइते

सुर्खेत – हुम्लाको खार्पुनाथ गाउँपालिकाको एक मतदान केन्द्रमा झडप हुँदा १० जना घाइते भएका छन् ।  खार्पुनाथ गाउँपालिका–१ स्थित मालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा झडप हुँदा १० जना घाइते भएका हुन् । इच्छ्याएको व्यक्तिको नाममा भोट कसले हाल्ने भन्ने विषयमा विवाद चर्किएपछि कांग्रेस–माओवादी गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको हो ।  खार्पुनाथमा एमालेलाई […]

प्रहरी चौकीमा प्रहरीबीच झडप‚ हवल्दार घाइते

धनगढी :  दार्चुलामा प्रहरीहरूबीच नै प्रहरी चौकीमा नै झडप भएको छ। बुधबार राति करिब ८ बजे मालिकार्जुन प्रहरी चौकीमा कार्यरत प्रहरी र ट्राफिक प्रहरीबीच झडप भएको हो।चौकी इन्चार्ज, ट्राफिक प्रहरी र प्रहरीका हवल्दारबीच विवाद बढ्दै गएपछि झडप भएको एक प्रहरी अधिकारीले पुष्टि गरे। उनका अनुसार सवारी साधन चेकजाँचको विषयलाई लिएर विवाद भएको र विवादले उग्र रुप लिएपछि झडप भएको हो।मालिकार्जुन प्रहरी चौकीभित्रै उनीहरुबीच झडप भएको थियो। झडपमा प्रहरी हवल्दार मदनसिंह धामी घाइते भएको बताइएको छ। उनको हात र श

ट्याक्टरले घोडालाई ठक्कर दिएको निहुँमा झडप, दुई घाइते

रुकुम (पूर्व) : रुकुम पश्चिममा ट्याक्टरले घोडालाई ठक्कर दिएर घाइते बनाइदिएको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ। झडपमा परी दुई जना घाइते भएका छन्। शुक्रबार बेलुकी पानै ६ बजे आठबीसकोट नगरपालिका‐३, खदीमा तलिगाउँ र माथिगाउँका युवाबीच झडप भएको हो। निर्माण कार्यमा चलिरहेको ट्याक्टरले  घोडालाई ठक्कर दिएको थियो।यसै विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा माथि गाउँका गोपाल बिक र राजु बिक गम्भीर घाइते भएका छन्।ट्याक्टरको पछाडिको भागले त्योभन्दा पछि रहेको घोडालाई ठक्कर दिएको थियो। ट्याक्टर पछि सार्

कैदीबन्दीबीच झडप हुँदा पाँच घाइते

दमौली कारागारमा रहेका कैदीबन्दीबीच आज साँझ झडप हुँदा पाँच घाइते भएका छन् । झडपमा परी तीन नाइके र दुई  कैदीबन्दी घाइते भएको दमौली कारागार प्रशासनले जनाएको छ । घाइते हुनेमा नाइकेतर्फ धनबहादुर शाही, अनुप थापा र ज्ञानबहादुर विक रहेका छन् । त्यसैगरी कैदीबन्दीतर्फ माधव कँडेल र कुलबहादुर तामाङ घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएकामध्ये चारको दमौली अस्पतालमा र एकको दमौलीस्थित समाधान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । कारागारमा हाल रहेका चौकीदार र नाइके ह