राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् । जनताले मत दिएर पठाएपनि ओली सरकारले राम्रो काम गर्न नसकेको उनले बताए ।ओली सरकारले संविधान नै च्यात्न खोजपछि संघर्षमा जानुपरेको र अदालतको फैसलाले संविधानको रक्षा गरेको उनले बताए । ‘ हामीले समर्थन गरेका हौं । तर तिघ्रामा पिप जम्मा भएमा निचोरेर फाल्नुपर्छ । एमालेभित्रैका साथीहरुले संघर्ष गर्नुभयो । धर्म निरपेक्षता, गणतन्त्र लगायत उपलब्धिहरुलाई बचाउने काम भयोे । संसद् कम्तिमा १८ महिन