अस्पताल भवन निर्माणमा ढिलाइ हुँदा सेवा प्रभावित

म्याग्दी– कार्ययोजना र लक्ष्यअनुसार काम भएको भए  बेनी अस्पतालको भवन चार वर्ष अघि नै निर्माण भइसक्थ्यो तर काम सुरु गरेको ७ वर्ष बितिसक्दा पनि ७५ प्रतिशतभन्दा बढी काम भएको छैन । पचास शय्याको अस्पताल भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए । ‘पचास शय्या क्षमता […]

सम्बन्धित सामग्री

आठ वर्षमा बन्दै धवलागिरि अस्पतालको भवन

बागलुङ । बागलुङको धवलागिरि अस्पताल भवन निर्माण शुरू भएको आठ वर्षपछि सम्पन्न हुन लागेको छ । तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको सो भवन आठ वर्षपछि मात्रै सम्पन्न हुन थालेको हो ।      ठेकेदार कम्पनीको लापरबाहीका कारण भवन निर्माणमा ढिलाइ भएको हो । भवन निर्माण समयमै नहुँदा अस्पतालले प्रदान गर्ने सेवा प्रभावित बन्दै आएको थियो । पटक–पटक म्याद थप्दै गरे पनि ठेकेदार कम्पनीले निर्माणमा ढिलाइ गर्दै आएको थियो । अस्पतालको ‘सी’ ब्लकको रङरोगन, झ्यालढोका जडान, विद्युत् जडानलगायत काम भइरहेको छ । चैतभित्र भवन हस्तान्तरण गरिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिए ।      विसं २०७० असारमा तीन वर्षमा निर्माण सक्ने गरी शुरू भएको ४० कोठे भवन तीनपटकसम्म म्याद थप भइसकेको छ । अस्पतालको जग्गा, विद्युत् पोल र कोरोनाको कारण देखाएर निर्माण व्यवसायीले पाँच वर्ष ढिला सम्पन्न गर्न लागेको हो । ‘अब अस्पताललाई भौतिक संरचनाको अभाव हुँदैन,’ पोखरेलले भने । जिल्ला अस्पतालबाट ५० शय्याको रूपान्तरण भएपछि भवन निर्माण नसकिँदै २०० शय्यामा स्तरोन्नतिका लागि प्रदेश सरकारले योजना अघि सारेको छ । गण्डकी प्रदेश सरकारले २०० शय्याको अस्पताल बनाउन विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बनाउँदैछ ।      विसं २०६४ मा अस्पतालको ‘ए’ ब्लक तथा २०६६ मा ‘बी’ ब्लक निर्माण गरिएको थियो । ‘सी’ ब्लकको काम सम्पन्न हुने चरणमा छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयले २०६४ सालमा भवन निर्माण गर्न ‘ए’, ‘बी’ र ‘सी’ खण्डमा विभाजन गरी छुट्टाछुट्टै मितिमा ठेक्का सम्झौता गरेको थियो । ‘ए’ ब्लक सम्झौताअनुसार तथा ‘बी’ ब्लक सम्झौताको १० वर्षमा सम्पन्न भएको थियो । भवन निर्माणको जिम्मा पाएको आशिष–मिलिनियम र भीम ज्योति जेभीका प्रतिनिधि रञ्जित बुढाले ‘सी’ ब्लकको जगमा कडा चट्टान रहेका कारण निर्माणमा ढिलाइ भएको बताए । ‘सी’ ब्लकको लागत रु १० करोड ६ लाख रहेको छ । रासस

धवलागिरि अस्पतालको भवन आठ वर्षपछि सम्पन्न हुँदै

गलकोट, ११ फागुन । बागलुङको धवलागिरि अस्पताल भवन निर्माण सुरु भएको आठ वर्षपछि सम्पन्न हुन लागेको छ । तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको सो भवन आठ वर्षपछि मात्रै सम्पन्न हुन थालेको हो । ठेकेदार कम्पनीको लापरवाहीका कारण भवन निर्माणमा ढिलाइ भएको हो । भवन निर्माण समयमै नहुँदा अस्पतालले प्रदान गर्ने सेवा प्रभावित बन्दै […]