काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले आफ्नो पार्टीको सम्पूर्ण ध्यान संगठन निर्माण र जनजीविकाका मुद्दाहरूको पैरवीमा केन्द्रित हुने उल्लेख गर्दै त्यसका लागि तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्। मिसन ग्रासरुट अभियान अन्तर्गत जुम्लामा भइरहेको कामका बारेमा अनुगमन गर्न आएका इन्चार्ज कँडेलले सोमबार बिहान सदरमुकाम खलंगामा आयोजित चन्दननाथ नगर […]