दुई सातादेखि निरन्तर रुपमा गिरावट आएको सेयर बजार मापक नेप्से परिसूचक सोमबार ३२ अंकले सुधार देखिएको छ । आज दिनभरी उतार चढावका बीच नेप्से परिसूचक ३२.२२ अंकले वृद्धि भएर २ हजार ५४६.०८ अंक पुगेको छ । आइतबार नेप्से परिसूचक ७२.३२ अंकले घटेर २ हजार ५१३.८७ अंकमा झरेको थियो । आज कारोबारमा आएका २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता सेयर ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको तुलनामा कारोबार रकम पनि वृद्धि भएको छ । त्यस्तै, सेन्सेटिभ