बुटवल सिद्धार्थ बाल तथा महिला अस्पताललाई महिला र बालबालिका उपचारलाई सरल र सहज बनाउँदै विशिष्ट सेवा र विशेषज्ञ जनशक्ति उत्पादन गर्ने अस्पतालका रुपमा विकास गरिने भएको छ । बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको संयुक्त साझेदारीमा सञ्चालित यस अस्पताललाई विशेषज्ञ अस्पतालको रुपमा समेत स्तरोन्नति गरिने भएको छ ।