ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिने कुरामा सरकार लागि रहेको बताएकी छन् । सोमबार विद्युतीय प्रयोगका साधनमा जोड दिन माग गर्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले बुझाएको ज्ञापन पत्र लिँदै मन्त्री भुसालले यस्तो बताएकी हुन् । उनले यस बारेमा आफू सकारात्मक रहेको र वैकल्पिक प्रयोगको प्राथमिकताका बारेमा गम्भीर भएर सोच्ने बताइन् । मन्त्री भुसालले सरकारले आफ्नो मन्त्रालयलाई यस बारेमा बजेट उपलब्ध गराएमा आफू सहयो