भक्तपुर सुन्नेबित्तिकै धेरैलाई नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को प्रभाव क्षेत्र भन्ने याद आउँछ । हुन पनि भक्तपुरको भक्तपुर नगरपालिका क्षेत्रमा नेमकिपाले त्यस्तै प्रभाव कायम राखेको छ । नेमकिपाले यसपटकका निर्वाचनमा पनि आफ्नो प्रभावलाई परिणाममै पुष्टि गर्यो । भक्तपुर क्षेत्र नं. १ बाट ०४६ को राजनीतिक परिवर्तनपछिका सबै निर्वाचन नेमकिपाले एकलौटी जितेको छ ।