पर्सा : ऐयासी जीवनशैली अँगाल्ने र श्रम गर्नै नचाहने युवाका कारण समाजमा जघन्य अपराधका घटना घट्ने गरेको तथ्य बाहिर आएको छ। गएको साउन १४ गते वीरगन्जमा घटेको शंकास्पद सुजन मृत्यु प्रकरणको अनुसन्धानले पनि यस्तो तथ्य पत्ता लागेको हो। प्रहरीले अनुसन्धान गर्दै जाँदा सुजनको शंकास्पद मृत्यु प्रकरणमा सोही दिन बिहान साढे १ बजेसम्म सँगै बसेर मादक पदार्थ सेवन गरेका साथीहरूले योजनाबद्ध ढंगले हत्या गरेको पुष्टि भएको छ। हत्या गर्नुको कारण भने उनले लगाएको सुनको सिक्री, औंठी, हातको घडी र साथमा