काँग्रेस केन्द्रीय सदस्य एपी साउदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै अदालतमा आन्दोलनरत पक्षले वर्तमान समस्या समाधानका लागि दलहरूलाई गुहारे पनि दलहरु बोल्न आवश्यक नरहेको बताएका छन् । उनले अदालतको समस्या अदालतभित्रबाटै समाधान हुनुपर्ने आफूहरुको धारणा रहेको बताए । आइतबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समितिको बैठकपछि बोल्दै नेता साउदले आजको बैठकमा अदालतको विषयमा कुनै छलफल नभएको पनि बताए । यद्यपि उनले अहिले अदालतप्रति जनविश्वास घटेको भ