काठमाण्डाै - देशैभर तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले गरेको तीन दिनको पूर्वानुमान अनुसार सोमवारसम्म पानी पर्ने सम्भावना छैन । तर हिमाली केही ठाउँमा हिमपात हुन सक्ने सम्भावना छ ।
महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार अहिले पानी नै पर्ने गरी कुनै पनि उल्लेखनीय मौसम प्रणाली छैन । प्रदेश एक, बाग्मती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली छ । आज प्रदेश एक र गण्डकीका हिमाली क्षेत्रका केही ठाउँमा हिमपातकाे सम्भावना रहेकाे छ ।
तराई...