नेपाली एमएमए खेलाडी युकी आङदेम्बेले जेसिके फाइट नाइट–१२३ मा चिनियाँ खेलाडी बुहुओगुबुलाई पराजित गरेका छन्।बान्टमवेट प्रतिस्पर्धामा तीनै राउन्ड आफ्नो पक्षमा पारेका आङदेम्बेले सर्वसम्मत निर्णयका आधारमा जित निकाले।यो नतिजासँगै आङदेम्बेको व्यावसायिक एमएमए करियरमा नौ जित पुगेको छ भने उनले तीन खेलमा हार व्यहोरेका छन्। नेपाली मिश्रित मार्सल आर्ट्स (एमएमए) खेलाडी युकी आङदेम्बेले चीनमा आयोजित जेसिके फाइट […]
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धा र विकासका कारण सिर्जित जलवायु परिवर्तनको असर नेपालजस्ता कमजोर मुलुकले खेप्न नहुने बताएकी छन्। शनिबार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै भण्डारीले जलवायु परिवर्तनको असर न्यूनीकरण र वातावरण संरक्षणमा शक्ति राष्ट्रहरूले पर्याप्त लगानी नगरेको बताइन्। उनले हिन्दकुश हिमालय क्षेत्रका देशहरूले अन्तर्राष्ट्रिय मञ्चमा सामूहिक रूपमा […]
काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म हुन गइरहेको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा प्रारम्भ भएको जनाएको छ । निर्वाचन कार्यक्रमअन्तर्गत ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौँ, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, […]
काठमाडौं । भारतको तीन दिने औपचारिक भ्रमण सकेर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शनिबार साँझ स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा उनले भारतीय अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका थिए। साथै, विभिन्न व्यावसायिक फोरममा समेत सहभागी भएका थिए। अर्थमन्त्री वाग्लेसँग अर्थ तथा परराष्ट्र मन्त्रालयका अधिकारीसहितको टोली भारत भ्रमणमा गएको थियो।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत पहिलो दिन ४३ जिल्लाका तीन हजार ३९६ वडामा वडा अधिवेशन तथा निर्वाचन सम्पन्न भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ उक्त जानकारी दिएको हो। असोज १६ देखि १९ गतेसम्म हुने १५औँ केन्द्रीय महाधिवेशनका लागि कांग्रेसले वडा तहबाट निर्वाचन प्रक्रिया सुरु गरेको हो। पार्टीको आधिकारिक कार्यतालिकामा केन्द्रीय महाधिवेशन असोज १६, […]