नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत पहिलो दिन ४३ जिल्लाका तीन हजार ३९६ वडामा वडा अधिवेशन तथा निर्वाचन सम्पन्न भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ उक्त जानकारी दिएको हो। असोज १६ देखि १९ गतेसम्म हुने १५औँ केन्द्रीय महाधिवेशनका लागि कांग्रेसले वडा तहबाट निर्वाचन प्रक्रिया सुरु गरेको हो। पार्टीको आधिकारिक कार्यतालिकामा केन्द्रीय महाधिवेशन असोज १६, […]