काठमाण्डौँ । सरकारले बुधबार(भोलि) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमवार(हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जनाएको छ ।