बारा : आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाली कांग्रेस बाराले छुट्टाछुट्टै नाम सिफारिस गरेपछि कार्यकर्ता अन्योलमा परेका छन्।आन्तरिक द्वन्द्व र चरम गुटबन्दीमा अल्झिएको कांग्रेसभित्रको दुई गुटले छुट्टाछुट्टै नाम सिफारिस गरेपछि कार्यकर्तामा अन्योलग्रस्त भएका हुन्।कांग्रेसको केन्द्रीय तहमा नेतृत्व गर्ने दुई सहमहामन्त्री फरमुल्लाह मंसुर र उमाकान्त चौधरी पक्षका जिल्लास्थित नेताले उम्मेदवारका लागि छुट्टाछुट्टै नामावली सिफारिस गरेका छन्।गुटका कारण दुई समूहमा विभाजित जिल्लास्थि