काठमाण्डौ – पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएको २१ दिनपछि उहाँले कोरोनालाई जितेर डिस्चार्ज हुनुभएको हो ।
उहाँसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि डिस्चार्ज भएर घर फर्केको उपचारमा संलग्न डाक्टरले बताएका छन् । कोरोना सङ्क्रमण भएर पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती र परिवारका अरू सदस्यसमेत अस्पताल भर्ना भएका थिए ।
कोमलकाे अक्सिजन निरन्तर घटेपछि उहाँलाई आईसीयूमा राखेर प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो ।
भारतको हरिद्वारमा कुम्भमेलामा सहभाग...