गाउँमा पहिरो ९४ परिवार विस्थापित : डोजरे विकासले गाउँलेको उठीबास

बाजुरा । हिमाली गाउँपालिका  क्युडी गाउँमा पहिरो गएको छ । गत साता देखि  निरन्तर पहिरो जाँदा  ९४ भन्दा बढी परिवार विस्थापित भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए । पहिरोको जोखिम बढेपछि केही दिन यता स्थानीयहरू जरगाउँको चौरमा त्रिपाल टाँगेर रात बिताउन बाध्य छन् ।  बाजुराको  सर्वाधिक विकट क्युडीकमा टेलिफोन सञ्चार पनि नहुँदा समयमा जानकारी नआएको अधिकृत भण्डारीले बताए । ढिलो गरी सूचना प्राप्त भए पनि मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।