यो साता वाणिज्य बैंकको खातामा १४ अर्ब बढीले निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघले दिएको तथ्याङ्क अनुसार अघिल्लो साताको तुलनामा यस साता (पुस ९ गतेदेखि १६ गतेसम्म) वाणिज्य बैंकहरुको निक्षेप १४ अर्बले वृद्धि भई कुल ४२ खर्ब ४९ अर्ब पुगेको हो । जबकी अघिल्लो साता अर्थात् पुस २ गतेदेखि ९ गतेसम्म बैंकहरुले यस्तो निक्षेप चार अर्बले गुमाउँदै कुल ४२ खर्ब ३५ अर्ब मात्र संकलन गर्न सकेका थिए । यद्यपि, बैंकर्स संघका अनुसार यस साता बैंकहरुले आक्रामक रुपमा निक्षेप संकलन वृद्धि गर्दैगर्दा यता कर्जा लगानीमा