पूर्व प्रधानमन्त्री नेपालले राजनीतिबाट विश्राम लिएपछि यात्रा संस्मरण लेख्ने
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिबाट विश्राम लिएपछि आफूले यात्रा संस्मरण लेख्ने जानकारी दिनुभएको छ । मदन लामा (लामाखुले)को यात्रा संस्मरण ‘युरोप यात्राका सम्झनाहरु’ को शुक्रबार काठमाडौंमा लोकार्पण गर्दै सो कुरा बताउनुभएको हो ।
काठमाडौं । डा. उद्धव राईको यात्रा संस्मरण 'भोयाज जिन्दगी' सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा आयोजित समारोहमा राईकी नातिनी स्मिकाले पुस्तक विमोचन गरिन् ।
कार्यक्रममा बोल्दै लेखक राईले आफूले भोगेको, देखेको र जानेको कुरा बाँड्न किताब …
एक पत्रकारले भनेका थिए विदेशी पर्यटकहरू त्यस्ता ठाउँ जान रूचाउँछान कि त्यो स्थानमा कुनै पनि ठूलो दैविक प्रकोप वा द्वन्द्व सकिएको होस् । यसमा उनको फरक तर्क थियो । द्वन्द्व सकिएपछि त्यहाँ सुरक्षा बढी हुन्छ भने विपत्ती पछि त्यहाँ बन्ने संरचना नयाँ र मजबुत बनाइएको हुन्छ । यस्तो स्थानमा आम पर्यटक कम हुन्छन् बाठो पर्यटक बढी पुग्छन् । किनकी त्यहाँ हरेक कुरामा सतर्कता अपनाइन्छ अनि पर्यटक आकर्षित गर्ने विभिन्न अफर पनि ल्याइन्छ ।
उनले उदाहरण दिँदै थप भनेका छन्, 'भारतमा ताज होटलमा आक्रमण भएपछि त्यहाँ पर्यटन कम आए, सरकारले उच्च सुरक्षा सतर्कता सहित स्किम ल्यायो । जसको कारण आन्तरिकभन्दा बाह्य पर्यटकको आगमन बढ्यो । सुरक्षा र सस्तो पनि पाएपछि बाठो पर्यटक यहाँ पुगेको उनको निष्कर्ष थियो ।
नेपालको लामटाँङ क्षेत्र पनि यस्तै स्थानमा पर्छ । यस स्थानमा पनि भूकम्प र कोरोना कहर पछि नै पर्यटकको चहलपहल बढेको हो । पहिले पहिले विदेशी पर्यटक मात्रै पुग्ने यस स्थानमा अहिले आन्तरीक पर्यटकको पनि बाक्लो उपस्थिति देखिन्छ । पहिले वर्षमा मुस्किलले १०० जना नेपाली पर्यटक आउँथे, अहिले दैनिक १०० आन्तरिक पर्यटक आउने गरेको स्थानीय पर्यटन व्यवसायी पेम्वा तामाङ बताउँछन् ।
यो पंत्तिकार पनि गत चैत्रको २९ गते बिहान महाराजगञ्जबाट साथी समन शर्मा सहित लाङटाङ यात्रामा निस्किएको थियो । नुवाकोट हुँदै करीब १२० किलोमिटरको यात्रा पार गरेपछि स्याफ्रुबेशी पुगिन्छ । स्याफ्रुबेशीमा बाइक राखेर १६ किमिको यात्रापछि साँझ र्याम्चु पुगियो । जंगलको बीचमा ३ ओटा मात्रै घर थिए । यहाँ पुगेर खाना खाने भयौं । म सर्वभोगी थिए, साथि भने ननभेज । त्रिशूलीनै हालेको जस्तो दाल र मस्यौराको तरकारी त्यहि पनि समन एक्लैले झ्वाम पार्दियो । त्यहाँ पुग्दा नपुग्दै म भने विरामी परीसकेको थिएं ।
भूकम्प अगाडी मानिस लाङटाङमा बास बस्थे । अहिले भने क्याँङजिङ गुम्बा पर्यटकीय हब बनेको रहेछ । यसको कारण रहेछ ०७२ को बिनासकारी भूकम्प र त्यसको क्षति । यो भूकम्पको समय सबैभन्दा बढी क्षती भएको स्थान पनि हो । भिरालो स्थानमा रहेको लाङटाङमा ठूलो क्षति भएपछि पहिले गोठमात्रै रहेको क्याँङजिङ भन्ने स्थानमा बस्ती सरेको रहेछ । यसकारण पनि यहाँ आधुनिक घर होटल प्रशस्तै बनेका रहेछन् । नाकै ठोकिने उकालो चढ्दै यहाँ सम्म आउन हामिले १० घण्टामा २४ किमी पैदल यात्रा गरिसकेका थियौं ।
लाङटाङ- क्याँङजिङ यो रूटमा एउटा चर्चित नाम रहेछ 'लामा होटल' । यो होटलको नामभन्दा पनि ठाउँकै नामले बढी प्रख्यात रहेछ । यहाँ पर्यटकका लागि राम्रै सुविधाहरू पनि छन् । यो रूटमा यात्रा गर्दा बस्नै पर्ने स्थानमा पर्छ यो ।
यस्तै यहाँ रिभरसाइड भन्ने स्थान पनि छ । झ्याप्प सुन्दा ठूलै पर्यटकिय क्षेत्र हो जस्तो लाग्ने । तर, अचम्म लाग्ने कुरा के छ भने लाङटाङ रिभरको छेउमा एउटा सानो घर छ । त्यसलाई नै रिभरसाइड भनिदो रहेछ । यसपछि पुगिने स्थान घोडा तवेला हो । यो स्थानबाट बाट दृष्य हेर्न र क्यामेरामा कैद गर्न चाहनेका लागि अति नै राम्रो छ । ट्रेकको मजा लिने हो भने यहाँ बस्नै पर्ने स्थान हो । खानपान र वातावरणले पनि अनुकुल नै रहेको छ ।
यहाँका स्थानीय पेम्वा तामाङ र उनका ४ भाइ मिलेर गो हिमालय भन्ने टुर्स कम्पनी नै खोलेर ट्रेकिङको विस्तार गर्न लागिरहेका रहेछन् । यो एउटा सोसल प्रमोसनल प्रोजेक्ट भएको उनले बताए । यसबाट लाङटाङ र पर्यटनको जानकारी प्रदान गर्ने योजना सहित क्याङजुङमा सुविधा सम्पन्न होटल निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको उनले बताए । पेम्वाका माइलोदाइ आइटीका विद्यार्थी हुन । उनले नै यो कन्सेप्ट अगाडि सारेका रहेछन् । यो कन्सेप्ट नेपालको लागि नौलो त होइन तर, लामटाङ क्षेत्रमा भने यो पहिलो भएको उनी बताउँछन् ।
पहिले फाउण्डेशनमा लगानी थप्नु भन्दा पनि यस क्षेत्रको प्रमोसनमा लागेको उनी बताउँछन । प्रमोसनको काम सरकारी तवरबाटै भइदिएको भए हुने हो, त्यो भएको छैन । भूकम्प र कोरोनाको कारण आँफै प्रमोसन भएको क्षेत्र हो यो । कोरोनाले घरमै बन्दक भएका मानिस रिफ्रेसमेन्टको लागि आउँदा केही चहलपहल बढ्यो । तर, यसलाई निरन्तरताका लागि प्रमोसनको जरूरी छ । हामीले यसलाई अझै ब्यापक बनाउने पहल थालेका छौं,' लामाले भने ।
हर्ल्ड नामक युट्युव च्यानल होष्ट गर्ने अमेरिकी नागरीकले यस स्थानको भ्लग बनाएर आफ्नो च्यानलमा राखेपछि विदेशी पर्यटकको संख्या समेत बढेको रहेछ । तामाङ दाजुभाइले उनै युट्युबरको सहयोगमा यस स्थानको प्रमोसनमा लागेका हुन् ।
हार्डरक क्याफे
तामाङकै सानीआमाले चलाएको चर्चित हार्डरक क्याफे कै नाम बाट सञ्चालनमा आएको एउटा क्याफे रहेछ यहाँ । चट्टान सँगै जोडर बनाइएकाले हार्डरक क्याफे नामाकरण भएको रहेछ । तर, ती युटुवरले भिडियो युट्युवमा राखेपछि उक्त कम्पनीले फ्रेञ्चाईज बाहेक अरूले सञ्चालन गर्न नपाइने भनेपछि नाम परिवर्तन गरी 'बिग हार्डरक' नामाकरण गरिएको रहेछ ।
क्याँङजिङ गुम्बा एउटा शहर नै हो । यहाँ पर्यटनका लागि आवस्यक धेरै संरचना तयार भइसकेका छन् । यहाँबाट भने धेरै पिकहरू चढ्न सकिन्छ । लोअर क्याँङजिङ र क्याँङजिङ -री यहि पर्छ भने यहाँ एउटा आइसलेक (हिमताल) पनि रहेछ । यस स्थानमा प्राय हिउँ पर्ने भएकोले ६ महीनामात्रै बस्ती बस्ने रहेछ । बाँकी समय कि त काठमाडौं कि त लाङटाङ बस्ने रहेछन् ।
भोलिपल्ट बिहान साथी समन क्याँङजिङ रि तर्फ लाग्यो । म हल्का बिरामी भएकोले क्याँङजिङ बजार नै घुमे । बिहानको खाना खाएपछि स्याप्रुबेशी फर्किने तय भयो । -निशान केसी
बिहानको ७ बजे केही खानेकुरा र अत्यावश्यक औषधी झोलामा राखेर काठमाडौंबाट शुरू भएको यात्रा १०५ किमीको साइक्लिङपछि रसुवाको धुन्चे पुगियो ।
बेलाबेला बाटोकै वरपर रूखको छहारीमा विश्रामबाहेक दिनभरको यात्राको थकाइले गलेको र पसिनाले भिजेको शरीरलाई त्यस दिन धुन्चेमै आराम दिने निर्णय लिएँ ।
कतै बाइरोड त कतै अफरोड, त्यो यात्रा रोमाञ्चक थियो । फागुन महीना भएकाले पसिनाचाहिँ आएको थियो । म पहिलो पटक साइक्लिङ गएको भने थिएनँ । यद्यपि धेरै स्थानमा घुम्न गएको छु । रुबी भ्यालीमा अन्नपूर्ण ट्रेलमा जस्तो बस्दै–खाँदै हिँड्न भने नपाइने रहेछ । त्यसैले त्यो यात्रामा यस अगाडिको भन्दा भिन्न अनुभव रह्यो ।
नाम बाहुन डाँडा, बस्ती तामाङको
भोलिपल्टको यात्रा सोमदाङको थियो । सोही अनुसार बिहान सबेरै उठेर यात्रा शुरू भयो । धुन्चेबाट अगाडि बढ्दा ठूलो बजार भनेको स्याप्रुबेसी हो । यो आफैमा एउटा व्यापारिक ‘हब’ रहेछ । त्यो नै मेरो गन्तव्य रूबी भ्यालीको शुरूआती बिन्दु थियो । त्यहाँबाट दायाँ लाग्दा लाङटाङ र सिधा अगाडि बढ्दा चाइना बोर्डर पुगिन्छ । बायाँतर्फ हिँडे बाहुन डाँडा पुगिन्छ । चिलिमे हाइड्रोपावर जान पनि यहीबाट लाग्नुपर्छ ।
बाहुन डाँडा (बायाँ)। र, त्यहाँस्थित पसलमा रहेका 'बालक साहुजी' ।
स्याप्रुबेसीबाट अगाडि बढ्दा आउने एउटा सानो गाउँ हो बाहुन डाँडा । उक्त गाउँमा ‘बाहुन’ बस्छन् जस्तो कतिपयलाई लाग्न सक्छ । तर, त्यहाँ त्यस्तो छैन । त्यहाँ तामाङ जातिको बसोबास छ । त्यहाँ केही सामान्य होटल छन् । .
बाहुन डाँडा पर्यटकीय हब भएकाले प्रशस्त विदेशी पर्यटक पनि आउने रहेछन् । जसमध्ये ९५ प्रतिशत पर्यटक भने लामटाङतर्फ जाने रहेछन् । म भने सोमनाङतर्फ मोडिएँ ।
गत्लाङ (बायाँ)। र, गत्लाङ पुग्नुअघिको देखिएको दृश्य ।
त्यहाँबाट गत्लाङ हुँदै अगाडि बढ्दा बीचमा पार्वती कुण्ड पर्छ । यो करिब २ हजार ५०० मिटरमा अवस्थित छ । झट्ट हेर्दा रारा तालजस्तै लाग्ने उक्त कुण्डमा अधिकांश मानिस जनैपूर्णिमामा मात्रै पुग्ने स्थानीयले बताए । त्यहाँबाट करिब १ हजार २५० मिटर माथि जाँदा पाङसाङ पास पुगिन्छ । त्यहाँबाट भने लहरै हिमालको दृष्य देखिँदो रहेछ ।
पार्वती कुण्ड (बायाँ)। र, नुहाउने स्थान ।
पार्वती कुण्डमा केहीबेर समय बिताएपछि यात्रा अगाडि बढ्यो । बीचमा पानी पर्यो, असिनाले चुट्यो । त्यहाँ लामो समयदेखि हिउँ नपरेको रहेनछ । त्यस दिन भने मज्जैले पर्यो । सोमदाङ पुग्न करिब ४ घण्टाको यात्रा तय गर्नुपर्ने थियो । समय धेरै घर्किसकेको थियो ।
धुन्चेदेखि करिव ५० किमीको १० घण्टे उकालो साइकल यात्रापछि सोमदाङ पुगिँदो रहेछ । सोमदाङबाट उकालो बढी रहेछ । यो सानो बजार हो । त्यहाँको बसाई विस्मृत बन्यो मेरा लागि । किनकि त्यो गाउँभरिमा त्यस दिन म मात्रै एउटा अतिथि थिएँ । गाउँभरिका मान्छे काम, अध्ययन लगायतका कारण अन्य स्थानमा बस्ने भएकाले त्यहाँ मुस्किलले १० जना मानिस थिए होलान् ।
भञ्याङ पर्ने भएकाले त्यहाँ पुग्न केही समस्या छ । ट्रेकिङ खासै नफस्टाएकाले त्यहाँ चहलपहल छैन ।
सोमदाङ पुग्दा अति नै ढिलो भइसकेको थियो । यताउता कोही नदेखेपछि ‘कोही छ’ भन्दै चर्को स्वरले चिच्याएँ । एक–दुई घरमा त ढोका ढकढक गरें । कोही आएनन् । बाहिर हेर्दा डसना सुकाएको देखें । त्यसैले त्यहीं रात कटाउने निधो गरें । मान्छे देखिएनन्, कुकुरहरू भने झम्टिनै आए ।
सोमदाङ (बायाँ)। र, त्यहाँको होटलमा खाएको खाना ।
त्यसपछि २ जना महिला ‘को हो’ भन्दै आउनुभयो । मैले होटल चाहिएको बताएपछि उहाँहरूले केही तल एउटा होटल रहेको र आफूले खबर गरिदिने बताउनुभयो ।
त्यहाँ एउटा सामान्य होटलमा बस्ने व्यवस्था भयो । पर्यटक नआउने भएर होला, होटल भनिएजस्तो थिएन ।
बास बसेको होटलको सुतेकाे काेठा (बायाँ)। र,भान्सा कोठा ।
होटलमा पनि साहुनी मात्रै बस्नुहुँदो रहेछ । उहाँले आफ्नो लागि बनाउनुभएको खाना दुई जनाले बाँडेर खायौं ।
गाउँमा एक्लै किन भन्ने मेरो जिज्ञासा थियो । यसबारे बुझ्दा उहाँको श्रीमान काठमाडौंतिर र छोराछोरी शहरमा पढ्ने रहेछन् । त्यहाँ नेटवर्कसमेत छैन । तर, पुरानै प्रविधिको वायरलेस फोन चल्ने रहेछ । त्यसैबाट ममीलाई फोन गरें ।
त्यहाँको आम्दानीको स्रोत भनेको पर्यटक र यार्चा रहेछ । उहाँ (होटलकी साहुनी)ले वैशाखमा आउनू, यार्चा टिप्न जाउँला भन्नुभयो । मैले पनि हुन्छ भनें ।
रुबी भ्यालीमा पर्ने भएकाले सोमदाङमा आर्थिक उपार्जनको अर्को वस्तु रूबी रहेछ । त्यहाँ यसको उत्खनन् पनि गरिँदो रहेछ । यसबारे मलाई खासै जानकारी भने दिएइन । यार्चा भने एजेन्टले प्रतिगोटा सय रूपैयाँमा खरीद गर्ने रहेछन् । यहाँ सुदूरका जिल्लामा जस्तो सिन्डिकेट भने रहेनछ ।
सोमदाङबाट बिहान ८ बजे मेरो यात्रा पाङसाङ हुँदै तिप्लिङतर्फ शुरू भयो । बाटैभरि हिउँ परेको थियो । बाटोमा याकसँग तस्वीर खिच्दै अगाडि बढें ।
सोमदाङमा परेको हिउँ (बायाँ) र पाङसाङतर्फको बाटोमा भेटिएको याक ।
पाङसाङमा एउटा राम्रो पेन्टिङ देखें, त्यसले मलाई आकर्षित गर्याे । त्यो पेन्टिङ बनाउने कलाकारसँग पनि भेट्ने मौका मिल्यो । ती स्थानीय कलाकार रहेछन् ।
पाङसाङमा रहेको पेन्टिङ ।
केही समयको यात्रापछि म तिप्ल्याङ पुगें । त्यहाँका अधिकांश मानिस क्रिस्चियन रहेछन् ।
डाँडाबाट देखिएको तिप्लिङको दृश्य ।
धर्मका बारेमा खासै चासो नराख्ने मलाई यत्रतत्र गुम्बा नै गुम्बा र बौद्धमार्गी भएको गाउँ कसरी क्रिस्चियन बन्यो होला भन्ने लाग्यो । यस्तो लाग्नु स्वभाविक नै हो । स्थानीयहरू क्रिस्चियन भएपछि ‘रोग हटेको’ विश्वास गर्दा रहेछन् ।
त्यहाँ खाजा खाएपछि मेरो गन्तव्य धादिङबेसीको थियो । त्यसदिन मेरो बसाई झार्लाङ भन्ने स्थानमा भयो । सामान्य किराना पसल जस्तो पसलमा बस्ने निधो गरें ।
झार्लाङमा भेटिएका फ्रान्सेली गोठालो
यात्राकै क्रममा फ्रान्सका एक नागरिक भेटिए । टम नाम गरेका ती व्यक्ति नक्साको भरमा यात्रा गर्दा रहेछन् ।
चिया पिउन होटलमा राेकिएका फ्रान्सेली नागरिक टम र चिया दिँदै हाेटल साहुनी ।
उनी नेपालमा पहिलोपटक भने आएका थिएनन् । १० वर्षअघि पनि आएका थिए । उनले नेपालका धेरै ठाउँ घुमिसकेका छन् । मेरो हिँडाइ देखेर उनले मलाई पनि विदेशी नै सोचेका रहेछन् । मैले आफू नेपाली हो भनेपछि उनी अचम्म परे । केही बेर कुराकानी गरेपछि उनी गाई फर्ममा काम गर्नै रहेछन् भन्ने थाहा भयो । साथै उनी हरेक वर्ष कुनै न कुनै देशको भ्रमणमा निस्कने रहेछन् भन्ने पनि जानकारी भयो ।
उनको यात्रा मेरोजस्तो हतारको थिएन । न उनको यात्राको निश्चित गन्तव्य नै । उनी हरेक दिन छोटो दूरी तय गर्छन् । र, फरक–फरक पहाड उक्लिन्छन् । मोबाइलसमेत नबोक्ने उनी सामाजिक सञ्जालमा समेत सक्रिय छैनन् । उनी सामाजिक सञ्जालमा आफ्ना तस्वीर पोस्ट गर्नसमेत मनपराउँदैनन् । यही भएर होला, सामाजिक सञ्जालमा पोस्ट नगर्ने सर्त राखेर उनले आफूसँग तस्वीर खिँच्ने अनुमति दिए ।
झार्लाङ नजिकै दक्षिण एसियाकै ठूलो दाबी गरिएको पहिरो छ । त्यो छुटाउने कुरै भएन । भोलिपल्ट त्यही रूटतर्फ लागें ।
प्रहरी पनि नजाने ‘रि’ गाउँ
त्यसको पारिपट्टि ‘रि’ गाउँ छ । यहाँको कहानी भने अनौठो छ । झार्लाङका स्थानीयले सुनाए अनुसार ठाउँमा काटमार अत्यधिक हुने भएकाले बाहिरका मानिस जान डराउँछन् । भौगोलिक हिसाबले पनि त्यहाँ जान निकै अप्ठेरो रहेछ । यतिसम्म कि त्यहाँ प्रहरी पनि नजाने गरेको स्थानीयले सुनाए । त्यसैले स्थानीयले मलाई त्यहाँ नजान सुझाए ।
करिब ५ घण्टाको साइकल यात्रापछि म धादिङबेसी आइपुगें । मलाई भोलिपल्टको कार्यालय भेट्टाउनुपर्ने भएकाले गल्छीदेखि बसको यात्रा हुँदै काठमाडौं फर्किएँ ।
रुकुम पश्चिमको सदरमुकाम खलंगादेखि करिब ४५ किमीको दुरीमा रहेको आठबिसकोट नगरपालिका वडा नं २ अन्तर्गत स्याला भौगिलिक हिसाबले मात्र नभएर सामाजिक,आधारभूत स्वास्थ्य सेवाको पहुँचबाट पनि निकै दुर रहेको महसुस भयो।
विष्णुहरि पौडेलद्वारा लिखित ६ वटा कृति शनिबार विमोचन गरिएको छ ।प्राध्यापक डाक्टर जयराज आचार्यले काठमाडौंमा एक कार्यक्रमका बीच पौडेलद्वारा लिखित तामाकोटको पौडेलः बंश र कूल पूजा, चिन्तन, प्रारब्ध काव्य, तरंग कविता संग्रह, चित्रण यात्रा संस्मरण र कुसुम कविता संग्रह विमोचन गरे ।तनहुँ जिल्लाको सिमलचौंरमा जन्मनु भएका नेपाल सरकारका पूर्वसहसचिव समेत रहनु भएका उहाँले विभिन्न विधामा […]
काठमाडौं । साहित्यकार गोविन्द गिरी प्रेरणाको यात्रा संस्मरण पुस्तक ‘टुप्लुक्क टोकियो’ सार्वजनिक भएको छ । साहित्यिक पत्रकार संघले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा उक्त पुस्तकको विमोचन गरिएको हो । पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै नियात्राकार प्रतीक ढकालले साहित्यकार गिरीको लामो लेखन सक्रियता लोभलाग्दो भएको बताए । गिरी हरेक विधामा उत्कृष्ट सिर्जना गर्न सफल भएको उनले बताए । […]
काठमाडौं : केही साताअघि हातमा परेको छ एउटा किताब। जसलाई नाम दिइएको छ- भ्रमण दश दिनको'। यो यात्रा संस्मरणलाई यात्राका क्रममा नै पढौँ भन्ने पनि लाग्यो। संयोगवश केही दिनका लागि उपत्यकाबाहिर लामो यात्रामा निस्किनुपर्यो। मेरो सहयात्री बन्यो, सुनिल कुमार पौड्यालद्वारा लिखित यो पुस्तक। पुस्तकको पहिलो पृष्ठमा लेखिएको छ, 'पाठक प्रतिक्रिया नै यस पुस्तकको भूमिका हुनेछ।'पुस्तक लेख्नुअघि नै कुन कुन बौद्धिक व्यक्तिको किताबभन्दा लामा भूमिका लेख्ने
बिहानको ५ बज्नै लागेको रहेछ ‘नौबिसे, आयो नौबिसे’, ल अगाडि आउनुस् भन्ने आवाजले निन्द्रा खुल्यो । निन्द्रा खुल्यो त के भन्नु बिहानीपख भएकाले होला झुपुक्क निन्द्रा पर्न लागेको थियो, ब्युँझिहालेँ । बसले नौबिसेमा झारिदियो ।अँध्यारो चिरेर उज्यालो क्रम जारी थियो । त्यसैले चोकै अगाडिको पसलमा चिया खान छिर्यौं । यात्रा पालुङसम्मको थियो, नेपाल जेसिज क्षेत्र ‘ख’ सम्मेलनमा सहभागिताका लागि । नौबिसेबाट पालुङ जान गाडी सहज रूपमा नपाइने रहेछ । साथीहरूको पनि गाडी सहज नपाउने सुझावअनुसार
‘भोटे लहरा’को खोजी सन्दर्भमकवानपुरमा दुर्लभ वनस्पति भोटे लहरा फेला परेको सन्दर्भमा यसको खोजी यात्राको चर्चा गर्ने जमर्को गरेको छु । नेपालमा अत्यन्तै दुर्लभ मानिएको ‘भोटे लहरा’का मकवानपुरमा हालसम्म आठ बोट फेला पारिएको छ । यसको संरक्षणको लागि सम्बन्धित सामुदायिक वन समूह र वडासँग सहकार्य गरिएको छ । जुन दिन विभागबाट सरुवा भई वनस्पति अनुसन्धान केन्द्र […]
काठमाडौं / पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिबाट विश्राम लिएपछि आफूले यात्रा संस्मरण लेख्ने जानकारी दिएका छन् । मदन लामा (लामाखुले) को यात्रा संस्मरण ‘युरोप यात्राका सम्झना’ को शुक्रबार यहाँ लोकार्पण गर्दै उनले आफूले चाहँदा राजनीतिबाट विश्राम लिन नपाएको बताए। आफूले विश्राम चाहँदा यस्तो बेलामा भाग्ने भनेर रोकिने गरेको उनको भनाइ थियो । पद नछाड्दा पनि कहिल्यै...
The post राजनीतिबाट विश्राम लिएपछि संस्मरण लेख्छु : पूर्वप्रधानमन्त्री नेपाल appeared first on Purbeli News.