निशानको यात्रा संस्मरण : लाङटाङको 'रिभरसाइड' क्षेत्र र 'हार्डरक क्याफे'

एक पत्रकारले भनेका थिए  विदेशी पर्यटकहरू त्यस्ता ठाउँ जान रूचाउँछान कि त्यो स्थानमा  कुनै पनि ठूलो दैविक प्रकोप वा द्वन्द्व सकिएको होस् । यसमा उनको फरक तर्क थियो । द्वन्द्व सकिएपछि त्यहाँ सुरक्षा बढी हुन्छ भने विपत्ती पछि त्यहाँ बन्ने संरचना नयाँ र मजबुत बनाइएको हुन्छ । यस्तो स्थानमा आम पर्यटक कम हुन्छन् बाठो पर्यटक बढी पुग्छन् । किनकी त्यहाँ हरेक कुरामा सतर्कता अपनाइन्छ अनि पर्यटक आकर्षित गर्ने विभिन्न अफर पनि ल्याइन्छ ।  उनले उदाहरण दिँदै थप भनेका छन्,  'भारतमा ताज होटलमा आक्रमण भएपछि त्यहाँ पर्यटन कम आए, सरकारले उच्च सुरक्षा सतर्कता सहित स्किम ल्यायो । जसको कारण आन्तरिकभन्दा बाह्य पर्यटकको आगमन बढ्यो । सुरक्षा र सस्तो पनि पाएपछि बाठो पर्यटक यहाँ पुगेको उनको निष्कर्ष थियो ।  नेपालको  लामटाँङ क्षेत्र पनि यस्तै स्थानमा पर्छ । यस स्थानमा पनि भूकम्प र कोरोना कहर पछि नै पर्यटकको चहलपहल बढेको हो । पहिले पहिले विदेशी पर्यटक मात्रै पुग्ने यस स्थानमा अहिले आन्तरीक पर्यटकको पनि बाक्लो उपस्थिति देखिन्छ । पहिले वर्षमा मुस्किलले १०० जना नेपाली पर्यटक आउँथे, अहिले दैनिक १०० आन्तरिक पर्यटक आउने गरेको स्थानीय पर्यटन व्यवसायी पेम्वा तामाङ बताउँछन् ।  यो पंत्तिकार पनि गत चैत्रको २९ गते बिहान महाराजगञ्जबाट साथी समन शर्मा सहित लाङटाङ यात्रामा निस्किएको थियो । नुवाकोट हुँदै करीब १२० किलोमिटरको यात्रा पार गरेपछि स्याफ्रुबेशी पुगिन्छ । स्याफ्रुबेशीमा बाइक राखेर १६ किमिको यात्रापछि साँझ र्‍याम्चु पुगियो । जंगलको बीचमा ३ ओटा मात्रै घर थिए  ।  यहाँ पुगेर खाना खाने भयौं । म सर्वभोगी थिए, साथि भने ननभेज । त्रिशूलीनै हालेको जस्तो दाल र मस्यौराको तरकारी त्यहि पनि समन एक्लैले झ्वाम पार्दियो । त्यहाँ पुग्दा नपुग्दै म भने विरामी परीसकेको थिएं ।  भूकम्प अगाडी मानिस लाङटाङमा बास बस्थे । अहिले भने क्याँङजिङ गुम्बा  पर्यटकीय हब बनेको रहेछ । यसको कारण रहेछ ०७२ को बिनासकारी भूकम्प र त्यसको क्षति । यो भूकम्पको समय सबैभन्दा बढी क्षती भएको  स्थान पनि हो । भिरालो स्थानमा रहेको लाङटाङमा ठूलो क्षति भएपछि पहिले गोठमात्रै रहेको क्याँङजिङ भन्ने स्थानमा बस्ती सरेको रहेछ । यसकारण पनि यहाँ आधुनिक घर होटल प्रशस्तै बनेका रहेछन् । नाकै ठोकिने उकालो चढ्दै यहाँ सम्म आउन हामिले १० घण्टामा २४ किमी  पैदल यात्रा गरिसकेका थियौं ।  लाङटाङ- क्याँङजिङ यो रूटमा एउटा चर्चित नाम रहेछ 'लामा होटल' । यो होटलको नामभन्दा पनि ठाउँकै नामले बढी प्रख्यात रहेछ । यहाँ पर्यटकका लागि राम्रै सुविधाहरू पनि छन् । यो रूटमा यात्रा गर्दा बस्नै पर्ने स्थानमा पर्छ यो । यस्तै यहाँ रिभरसाइड भन्ने स्थान पनि छ । झ्याप्प सुन्दा ठूलै पर्यटकिय क्षेत्र हो जस्तो लाग्ने । तर, अचम्म लाग्ने कुरा के छ भने लाङटाङ रिभरको छेउमा एउटा सानो घर छ । त्यसलाई नै रिभरसाइड भनिदो रहेछ । यसपछि पुगिने स्थान  घोडा तवेला हो । यो स्थानबाट बाट दृष्य हेर्न र क्यामेरामा कैद गर्न चाहनेका लागि अति नै राम्रो छ ।  ट्रेकको मजा लिने हो भने यहाँ बस्नै पर्ने स्थान हो । खानपान र वातावरणले पनि अनुकुल नै रहेको छ ।  यहाँका स्थानीय पेम्वा तामाङ र उनका ४ भाइ मिलेर गो हिमालय भन्ने टुर्स कम्पनी नै खोलेर ट्रेकिङको विस्तार गर्न लागिरहेका रहेछन् । यो एउटा सोसल प्रमोसनल प्रोजेक्ट भएको उनले बताए । यसबाट लाङटाङ र पर्यटनको जानकारी प्रदान गर्ने योजना सहित क्याङजुङमा सुविधा सम्पन्न होटल निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको उनले बताए । पेम्वाका माइलोदाइ आइटीका विद्यार्थी हुन । उनले नै यो कन्सेप्ट अगाडि सारेका रहेछन् । यो कन्सेप्ट नेपालको लागि नौलो त होइन तर, लामटाङ क्षेत्रमा भने यो पहिलो भएको उनी बताउँछन् ।  पहिले फाउण्डेशनमा लगानी थप्नु भन्दा पनि यस क्षेत्रको प्रमोसनमा लागेको उनी बताउँछन । प्रमोसनको काम सरकारी तवरबाटै भइदिएको भए हुने हो, त्यो भएको छैन । भूकम्प र कोरोनाको कारण आँफै प्रमोसन भएको क्षेत्र हो यो । कोरोनाले घरमै बन्दक भएका मानिस रिफ्रेसमेन्टको लागि आउँदा केही चहलपहल बढ्यो । तर, यसलाई निरन्तरताका लागि प्रमोसनको जरूरी छ । हामीले यसलाई अझै ब्यापक बनाउने पहल थालेका छौं,' लामाले भने ।  हर्ल्ड नामक युट्युव च्यानल होष्ट गर्ने अमेरिकी नागरीकले यस स्थानको भ्लग बनाएर आफ्नो च्यानलमा राखेपछि विदेशी पर्यटकको संख्या समेत बढेको रहेछ । तामाङ दाजुभाइले उनै युट्युबरको सहयोगमा यस स्थानको प्रमोसनमा लागेका हुन् ।  हार्डरक क्याफे तामाङकै सानीआमाले चलाएको चर्चित हार्डरक क्याफे कै नाम बाट सञ्चालनमा आएको एउटा क्याफे रहेछ यहाँ । चट्टान सँगै जोडर बनाइएकाले हार्डरक क्याफे नामाकरण भएको रहेछ । तर, ती युटुवरले भिडियो युट्युवमा राखेपछि उक्त कम्पनीले फ्रेञ्चाईज बाहेक अरूले सञ्चालन गर्न नपाइने भनेपछि नाम परिवर्तन  गरी 'बिग हार्डरक' नामाकरण गरिएको रहेछ । क्याँङजिङ गुम्बा एउटा शहर नै हो । यहाँ पर्यटनका लागि आवस्यक धेरै संरचना तयार भइसकेका छन् । यहाँबाट भने धेरै पिकहरू चढ्न सकिन्छ । लोअर क्याँङजिङ र क्याँङजिङ -री यहि पर्छ भने यहाँ एउटा आइसलेक (हिमताल)  पनि रहेछ । यस स्थानमा प्राय हिउँ पर्ने भएकोले ६ महीनामात्रै बस्ती बस्ने रहेछ । बाँकी समय कि त काठमाडौं कि त लाङटाङ बस्ने रहेछन् ।  भोलिपल्ट बिहान साथी समन क्याँङजिङ रि तर्फ लाग्यो । म हल्का बिरामी भएकोले क्याँङजिङ बजार नै घुमे । बिहानको खाना खाएपछि स्याप्रुबेशी फर्किने तय भयो । -निशान केसी