अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा टेबल गर्ने विषयमा सत्ता गठबन्धनबीच सहमति नभएपछि र सरकारमा बसेर एमसीसीको बिरोधमा आन्दोलन हुन थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवा विकल्पको खोजीमा लाग्नुभएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियाग लगाए एमसीसी पारित हुन दिने भद्र सहमति गरेका माओवादी केन्द्र र नेकपा समाजवादीका अध्यक्षद्वय त्यसबाट पछि हटेपछि प्रधानमन्त्री देउवा एमालेको साथ …