सातौं तामाङ ज्ञान महोत्सव तथा ९० औं पहिचान दिवस विविध कार्यपत्र प्रस्तुतिकरण, स्मृति वाचन तथा प्यानल छलफल गरी सोमबार सम्पन्न भएको छ । कार्यक्रममा ‘तामाङ मातृभाषा र प्रविधि’ शीर्षकको सत्रमा डा.लोक बहादुर लोप्चनले मन्डनदेउपुरमा प्रअहरुका विद्यालयमा शिक्षण माध्यमको दृष्टिकोण, प्रताप बलले भारतमा तामाङ भाषा, धन बहादुर तामाङले राष्ट्रिय परिदृश्यमा तामाङ भाषाः ज्ञान, इतिहास, संस्कृति र समाज विकासको संवाहक र विशेषताबारे प्रस्तुति दिए ।त्यस्तै, डा.बालकृष्ण बलले, भाषा र प्रविधिको सम्बन्ध, कुमा