काठमाण्डाै - दश बुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीन दिने नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ ।
विराटनगर महानगरपालिका र भारतको मेरठमा रहेकाे क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी महोत्सव आइतवार हिजाे औपचारिकरुपमा सम्पन्न भएको हो ।
नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी साहित्यका पुस्तकलाई नेपालीमा अनुवाद गरी दुवै देशको साहित्यलाई एक/अर्को देशमा प्रवर्द्धन गर्नेसहित १० बुँदे घोषणापत्र जारी गर्दै महोत्सव सम्पन्न भएको छ।
त्यस्तै महाभारत कालीन राजा विराटको दरबारला...