काठमाडौं, साउन २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कमजोर प्रमाण र फितलो अनुसन्धानका कारण विशेष अदालतमा दर्ता भएका अधिकांश भ्रष्टाचार मुद्दाले सफाइ पाएका छन्। गत वर्ष मात्रै विशेष अदालत काठमाडौंबाट फैसला भएका ३३१ मध्ये २६८ मुद्दाका आरोपितले सफाइ पाएका छन्। ४१ मुद्दामा ठहर, २५ मुद्दामा आंशिक ठहर भएको छ भने एउटा मुद्दा मुल्तबीमा राखिएको छ। […]