काठमाडौं : संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित नहुँदा सांसदहरुबीच चर्काचर्की भएको छ। प्रधानमन्त्री देउवा समितिको बैठकमा उपस्थित नभएपछि एमाले नेता भीम रावलले खेद प्रस्ताव पारित गर्न माग गरे।
उनको मागलगत्तै कांग्रेसकी सचेतक पुष्पा भुसालले देउवाको बचाउ गरिन्। भुसालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण तय भइनसकेको हुनाले अहिले…